२९ बैशाख २०८१, शनिबार

 

बोबाङमा घुम्ती सिविर, ७१ जनालाइ नागरिकता प्रदान

सर्वसाधारण जनतालाई गाउँमै सुविद्या दिने उद्देश्यका साथ ढोरपाटन नगरपालिका ७ बोबाङमा एकिकृत घुम्ती सिविर सम्पन्न भएको छ । सिविरमा जिल्ला प्रशासन कार्यालय,एकिकृत सेवा केन्द्र बुर्तिवाङ,कृषि विकास कार्यालय,पशु सेवा कार्यालय,महिला तथा बालबालिका कार्यालय,जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहितको उपस्थितिमा सिविरबाट दुर्गम भेगका जनताले सेवा लिएको बताइएको छ । सिविरमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता,महिला तथा बालबालिका कार्यालयबाट जेष्ठ नागरिक,अपांगता परिचय पत्र,स्वास्थ्य कार्यालयबाट निशुल्क स्वास्थ्य सिविर लगायतका विभिन्न सेवाहरु प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले दुर्गम गाउँका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यका साथ सिविर आयोजना गरिएको बताए । सिविरबाट ७१ जनालाइ नागरिकता,जिल्ला पशुसेवा कार्यालय मार्फत १ सय ९२ कृषकका ३ हजार ३ सय ५५ पशुको उपचार तथा औषधी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्