काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानी कादेश मा नेपाली काग्रेंसको कार्यकर्ता भेटघाट तथा आमसभा सम्पन्न भएको छ । सभामा बोल्दै काठेखोला गाउँपालिकाका प्रमुख पदका उमेदवार होम बहादुर हमालले समग्र काठेखोला गाउँपालिकाको बिकासका लागि नेपाली काग्रेंसको बिकल्प नभएकाले मतदान गरी जिताउन आग्रह गरे ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका उप(प्रमुख पदका उमेदवार ज्ञानु श्रीष शर्मा, गैर सहकारी संथा महासंघ का केन्द्रिय सदस्य प्रमानन्द कडेंल, पुर्व पार्टि सभापति मणिभद्र शर्मा कडेंल, अधिवक्ता क्रिष्ण प्रसाद न्युरे, वडा नम्बर ८ का अध्यक्ष पदका उमेदवार दिल बहादुर छन्त्याल, सदस्य पदका उमेदवारहरु चन्द्रिकला बिक, तुल्सा श्रीस, काशिराम कडेंल, चन्द्र बहादुर पुन, क्याप्टेन राम बहादुर पुन लगायतले बोलेका थिए ।
ओम प्रसाद श्रीस को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डिल बहादुर काउचाले गरेकोे प्रचार प्रसार समितिका सहसयोंजक खिमानन्द पौडेलले जानकारी दिए ।













































































































































































































