२० जेष्ठ २०८३, बुधबार

 

काग्रेसको चुनावी सभा जैमिनी नगरपालिका वडा नं ८ छिस्तीमा

नेपाली काग्रेसको चुनावी सभा जैमिनी नगरपालिका वडा नम्वर ८ फुर्केसल्लामा सम्पन्न भएको छ । सो अवसर नेपाली काग्रेस जैमिनी नगरपालिका प्रमुख पदका उम्मेद्वार ईन्द्रराज पौडेलले यस क्षेत्रको विकास निर्माणका लागि आफुलाई रुख चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन । गरिबीमा पिल्सिएका यहाँका केही जनतालाई आयमूलक र रोजगारी सिर्जना गरी ५ बर्षमा समृद्ध जैमिनी नगरपालिका बनाउने लक्ष्य रहेको पौडेलले बताए ।

त्यस्तै नेपाली काग्रेस जैनपा उपप्रमुख उम्मेद्वार कौशिलादेवी विकले लामो समयसम्म दलित कुनै अमुक दलले महिलाहरुलाई हतियार बनाउँदै आएको अवस्थामा नेपाली काग्रेसले महिला र दलितको प्रतिनिधिको रुपमा आफुलाई उभ्याएको हुँदा नेपाली काग्रेसको रुख चिह्नमा मतदान गरि निर्वाचित गर्न आग्रह गरिन । सो अवसरमा नेपाली काग्रेसका पूर्व जिल्ला सचिव ओमकार थापा,नेपाली काग्रेस जिल्ला सदस्य सिताराम रसाईली,नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त शर्मा,नेविसंघ सहमहामन्त्री हरिहर शर्मा,नेपाली काग्रेस महाधिवेशन प्रतिनिधी गणेश सापकोटा,पूर्व महाधिवेशन प्रतिनिधी गितादेवी रेग्मी,नेपाली काग्रेस वडाअध्यक्षका उम्मेद्वार विजय अधिकारी,कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष भोजराज रेग्मी लगायतले बोलेका थिए ।

चुनावी सभा नेपाली काग्रेस वडा ८ का सभापति दयाराम शर्माको अध्यक्षता,तरुण दलका जिल्ला उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत मन्तव्य र वडा सचिव खुमराज ढकालको सञ्चालन भएको नेविसंघ जिल्ला सचिव श्रीकृष्ण पौडेलले बताए ।

pic xipo9

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung