६ कार्तिक २०८३, बिहीबार

 

बसन्त कुमार श्रेष्ठ र शकुन्तला शर्मा घरदैलौ अभियानमा

- बानपा ४,६ र ७ मा चुनावी घरदैलो अभियान सम्पन्न

स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसले बानपामा चुनावी अभियान तिव्र पारेको छ । नेपाली काग्रेसको तर्फबाट बागलुङ नगरपालिकाको प्रमुख पदका उम्मेदवार बसन्तकुमार श्रेष्ठ,उप्रमुख सकुन्तला शर्मा लगायत उम्मेदवारहरुको टोलीले मंगलबार बानपाका ४,६ र ७ वडाका बिभिन्न स्थानमा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको छ ।basanta1

बानपा ५ मालिकामा आयोजित चुनावी सभामा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सांसद रत्ना शेरचनले देशको निकास दिने पार्टी नेपाली काग्रेस भएको हुँदा स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसको जित सुनिश्चित रहेको बताइन । उनले हरेक नागरिकको मन मुटुमा नेपाली काग्रेस बस्न सकेको हुँदा आगामी बैशाख ३१ गते हुँने चुनावमा बागलुङ नगरपालिकामा नेपाली काग्रेसको तर्फबाट उम्मेदवार रहेका प्रमुख,उप्रमुख लगायत वडाअध्यक्षको विजयी हुने बताईन ।

कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेलले ऐतिहासिक बोकेको नेपाली काग्रेस अवको स्थानीय तहको निर्वाचनमा अझ जनताको माझमा भिजेर जवन्त रुपमा स्थापित हुने बताए । चुनावी अभियान कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाको प्रमुख पदका उम्मेदवार बसन्तकुमार श्रेष्ठले समृद्धि बागलुङ निमार्णको लागि नेपाली काग्रेसको विजयी आवश्यक रहेको बताए । उनले विकास निमार्ण,स्वास्थ्य,शिक्षा,पर्यटन ,कृषि एवं आर्थिक उन्नतीको लागि आफनो उम्मेदवार दिएकोले विजयी गराउन मतदातालाई आग्रह गरे । कार्यक्रममा उप्रमुख पदकी उम्मेदवार शकुन्तला शर्मा, नगर समन्य समिति सभापति महेन्द्र आर्चाय,महिला सघंका केन्द्रिय सदस्य पार्वती आचार्य जय नेपाल फाउण्डेसन अष्ट्रेलियाका अध्यक्ष विष्णु सापकोटा लगाएतले बोलेका थिए । कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुले स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसको बहुमत सुनिश्चित भएकोले सबैले साथ र सहयोगका साथ मतदान गर्नुुपर्ने बताएका थिए । बानपा ५ का सभापति मुक्तिराम सापकोटाको अध्यक्षता र हिरा सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरि मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठ ,उपमेयरका उम्मेदवार शकुन्तला शर्मा लगाएका नेता तथा कार्यकर्ताको टोलीले आजै बानपा ४ को उपल्लाचौर,कुडुले एवं बानपा ७ को तितौरेमा मतदातासँग भेटघाट एbasanta4वं घरदैलो कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung