३० बैशाख २०८२, मंगलवार

 

उम्मेद्वार माथि बोतल प्रहार

जिल्लाको बरेङ गाउपालिका वडा नं २ बराहकोट चौतारामा उम्मेद्वार माथि बोतल प्रहार भएको छ । बुधबार विहान नेकपा माओबादी केन्द्र र नेपाली काग्रेसको संयुक्त चुनावी सभा भइरहेको बेला बरेङ गाउपालिकाका प्रमुख पदका उम्मेद्वार प्रदीप थापा मगरलाई रतन काला थापाले बादबिबादको क्रममा एक्कासी टाउकोमा बोतलले प्रहार गरी फरार भएका छन । टाउकोमा सामान्य चोट लागेका थापा उपचार पछि प्रचारमा रहेका बरेङ गाउपालिका उपप्रमुख पदका उम्मेद्वार विष्णु बस्नेत खत्रीले बताए । घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बरेङ डाडाँबाट प्रहरी निरीक्षक हरि पुनको कमाण्डमा २५ जना प्रहरीको टोली घटना स्थलमा पुगेको प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताए । ‘घटनाको विषयमा हामी गम्भिर अनुुसन्धान गरिरहेका छौँ,फरार रहेका व्यक्तिको खोजी कार्य गरेका छौँ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले भनेँ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung