३ श्रावण २०८३, आईतवार

 

चुनावको बेला पाइनै छाडे सवारी साधन

एकाविहानै घर जाने जीप कुरेर बसेका जैमिनी ७ जैदीका जीतबहादुर राना विहानमा १० बज्दा जीप नआएपछि भोली आउँला र जाउँला भन्ने आस पालेर फर्के । तर,भोलिपल्ट पनि बागलुङ—व्यार्थला छुट्ने जीप नआएपछि उनी कुश्मा हुँदै फलेबासबाट गाउँ फर्के ।
उनी मात्रै होईन चुनावको मुखमा आएर गाउँ जाने गाडीे नपाईएकोे पेन्सन बुझ्न सदरमुकाम बागलुङ बजार आएका जैमिनी ८ छिस्तीका दलबहादुर थापाले गुनासो पोखे । नजिकिएको चुनावका समयमा सदरमुकाम देखि छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरुको अभाव हुन थालेको छ । भर्खरै सकिएको पेन्सन क्याम्प,चुनावी प्रचारका सवारी साधन प्रयोग,विद्यालय बन्द भएपछि गाउँ जाने विद्यार्थीहरु बढेका कारण सवारी साधनको अभाव देखिएको हो ।

गाउँमा जाने १६ हजार मतदाता
४ नगर ६ गाउपालिकाका १६ हजार मतदाता सदरमुकाम बागलुङमा विभिन्न पेशा,व्यवसाय गरेर आएका छन । उनीहरु गाउँसम्म पुग्नका लागि सवारी साधनको समस्या उव्जिएको हो । मतदाता सुचीमा नाम भएका मतदाताहरुले चुनाव दिनसम्म भएपनि गाउँमा जान सवारी साधन नपाईने हो कि भन्ने पिरलो थपिएको छ ।
भारतीय पेन्सन क्याम्प र चुनाव एकैचोटी
गाउँ —गाउँमा मतदाता जान थालेको,चुनावमा प्रचारका लागि सवारी पूर्व रिजव भइसकेको कारण सवारी साधनको अभाब भएको धौलागरि अन्चल जीप ब्यबसायी समितिका राजकुमार बोसेलले बताए । ‘चुनाव र भारतीय पेन्सन क्याम्प एकै चोटी भयो । सवारी रिजब भइसकेकाले ग्रामीण क्षेत्रमा माग अनुसार सवारी पुग्न सकेनन् ।’ बोसेलले भनेँ ।
आफ्नो मौलिक अधिकारको रुपमा मानिएको चुनावमा भोट हाल्न गाम्रीण भेगमा जान विहानै देखि सवारी खोज्दा मुश्किलले मात्र पाउने गरेको यात्रुहरुको गुनासो छ । जिल्लामा आधा दर्जन बढी यातायात ब्यबसायी रहेपनि उपभोक्ताहरुले सवारी साधन नपाएर कतै मत हाल्नबाट बञ्चित हुनुपर्ने हो कि भन्ने चिन्ता मानव अधिकारकर्मीको छ । यातायात व्यवसायीहरुले सवारी साधनको अभाव देखाएर यात्रुहरुलाई दुख दिन नहुने राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung