५ श्रावण २०८३, मंगलवार

 

गलकोट नपामा नेपाली काग्रेसको अग्रता

पछिल्लो मतपरिणाम अनुसार गलकोट नगरपालिकामा नेपाली काग्रेसले अग्रता लिएको छ । नेपाली काग्रेसका मेयरका उम्मेद्वार भरत शर्मा गैरेले १२ सय १६ मतका साथ अगाडी छन । भने राजमोका टंक केसीले ११ सय ४५ मत प्राप्त गरेका छन । गलकोट नगरपालिका वडा नं १ मा भएको मतगणनामा राजमोका नेत्र बुढाथोकीको प्यानल विजयी भएको छ । वडा नं २ मा नेपाली काग्रेसका हेमन्त भण्डारी सहितको प्यानल विजयी भएको छ । अहिले वडा नं ३ र ४ को मतगणना जारी रहेको छ । जस्मा नेपाली काग्रेसका वडाअध्यक्षमा बिरजंग राजभण्डारी अगाडी छन ।

नेपाली काग्रेसकी उपमेयरकी उम्मेद्वार रेणुका काउँचाको १५ सय २ मतका साथ अग्रता हासिल गरेकी छिन । एमालेकी  उपमेयरकी उम्मेद्वार रत्ना भण्डारीको १२ सय ४६ मत प्राप्त गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung