बागलुङ- २० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको बागलुङ नगरपालिकाका मेयर, उप मेयर र सम्पुर्ण पदाधिकारीहरुको स्वागत गरिएको छ ।
बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत सुबास कुमार लामिछानेले फूल अबिर र खादा बाट मेयर जनक राज पौडेल उप मेयर सुरेन्द्र खड्का लगायत लाई पहिलो स्वागत गरेका हुन् ।
बागलुङ नगरपालिकाका नब निर्वा्चित मेयर जनकराज पौडेलले बागलुङ नगरपालिकामा निर्वाचित १४ वटा वडाका वडा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
स्वागत कार्यक्रममा नगर प्रमुख जनक राज पौडेलले बागलुङ नगरपालिकाको बिकासको लागि आफुले सबै संग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
नवनिर्वाचित नगरप्रमुख पैडेलले निर्वाचनको समयमा गरेको बाचा लाई बिस्तारै पूरा गर्दै जाने धारणा राखेका थिए ।
उनले नगर प्रमुख पौडेलले बागलुङ नगरपालिकाले गर्ने कुनै पनि कार्यक्रममा मदिरा निषेध गर्ने नगरपालिकाको कामको सिलसिलामा मजदुरको मृत्यु भएमा २ लाख क्षतिपूर्ति दिने घोषणा गरेका थिए ।
उप प्रमुख सुरेन्द्र खड्काले नगरबासिको काम अब देखि जन प्रतिनिधि मार्फत सहज रूपमा हुने धारणा ब्यक्त गरेका थिए ।
२०५४ सालमा स्थापना भएको बागलुङ नगरपालिकामा अहिले नयाँ संरचना अनुसार अहिले रायडाडा, भकुण्डे, सिगाना, तित्याङ, नारायणस्थान, अमलाचौर, पैयुपाटा र पाला गाबिस लाई मिलाए १४ वटा वडा बनाईएको छ । अहिले बागलुङ नगरपालिकामा ३४ हजार ५ सय २८ जना मतदाता रहेका छन् ।













































































































































































































