३ कार्तिक २०८३, सोमबार

 

नयाँविश्वले ग¥यो प्रजिअ पाण्डेको विदाई, उनको समय आन्दोलन अभियानको प्रसंसा

बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई नागरिक सञ्चार प्रालिद्वारा प्रकाशित नयाँविश्व डटकमले एक कार्यक्रम गरि विदाई गरेको छ ।

१५ महिना बागलुङको प्रजिअको रुपमा काम गरेर भर्खरै गृह मन्त्रालयमा सरुवा भएका पाण्डेलाई मंगलबार विदाई गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पाण्डेलाई एक कुशल प्रशासकको रुपमा आफुहरुले सम्झिरहने बताए । प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्दा उनमा निर्णय क्षमता, समयको पालना, नागरिकलाई सेवा दिने जस्ता गुण भएको उनीहरुको भनाई थियो ।

उनको सकारात्मक कामको सम्झना आगामी दिनमा पनि बागलुङवासीमा रहने बक्ताहरुले बताएका थिए । सेवामैत्री व्यवहार, दैविविपत्तिको बेला राहतमा सक्रियता र मानव सेवा आश्रम स्थापनामा खेलेको भुमिकाको स¥हाहना गरिएको थियो । निमन्त्रणा गरिएको जुनसुकै कार्यक्रममा तोकिएकै समयमा पुगेर आयोजकलाई पनि तत्काल कार्यक्रम गर्न प्रेरित गर्ने उनको सकारात्मक सोचले समयको महत्व बुझाउन समय आन्दोलनको अभियानलाई अघि बढाएको भन्दै बक्ताहरुले उच्च प्रशंसा गरे ।

सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले सरोकारवाला, कर्मचारी, पत्रकार लगायत सबैको सहयोगि भुमिकाले गर्दा कार्यसम्पादनमा सफलता प्राप्त भएको बताए । पाण्डेले नागरिकलाई सेवा दिने क्रममा नियम अनुसार हुनसक्ने काम तत्काल दिनुपर्छ भन्ने मन्याताले प्ररित भएर कार्यसम्पादन गर्ने आफ्नो स्वभाव रहेको उल्लेख गरे ।

कानुन विषय अध्ययन गरेको र विगतमा लेखा क्षेत्रमा समेत काम गरेको अनुभवका कारण आफुलाई प्रसाशनिक तथा सेवा प्रवाहमा सुशासन अनुभुति हुने गरि कर्यसम्पादनमा सजिलो भएको उनको अनुभब छ ।

नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले पाण्डेमा रहेको जस्तो सरल स्वभाव र कार्यसम्पादनमा नतिजा दिनसक्ने क्षमता प्रशासकमा विरल्लै हुने तर्क गरे । सम्पादक राजभण्डारीले नेपाल पत्रकार महासंघ बागलुङ साखाको संस्थागत विकाशमा भवन निर्माणको जग्गा प्राप्तीका लागि प्रजिअ पाण्डेले गरेको समन्वय प्रशंसनिय रहेको बताए ।

सो अबसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, स्थानिय विकास अधिकारी रामप्रसाद आचार्य, नेपाली काग्रेस बागलुङका सचिव नवराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी धुर्ब गिरी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, बागलुङ सुचना तथा सञ्चार सहकारीका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, समाजसेवि देवबहादुर श्रेष्ठ र नेपाल रेडक्रस सोसाईटि बागलुङ शाखाका उपसभापती राजेन्द्र आचार्यले विदाई मन्तव्य राखेका थिए ।

कार्यक्रम नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता र पत्रकार राम थापा अविरलको सञ्चालनमा सम्पन्न नभएको थियो ।

फोटो–मञ्जुल शाक्य, बागलुङ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung