५ जेष्ठ २०८१, शनिबार

 

जापानमा बनेको चलचित्रमा बागलुङे कलाकार निर्दोशको अभिनय (भिडियो)

नेपालीहरु जीवन धान्नकै लागि पैसा कमाउन विदेशिने क्रम दिन प्रतिदिन बढ्दै छ । मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्सबाटै धानिएको छ । केहिले विदेश पुगेपछि राम्रो कमाई गरेर घरपरिवार पनि खुसिसाथ चलाएका छन् । तर विडम्बना सवैको अवस्था यस्तो मात्र छैन ।

पछिल्लो समय अध्ययन भिसामा जापान जाने क्रम बढेको छ । यससंगै नेपाली विद्यार्थीले जापानमा आत्महत्या गर्ने घटना समेत बढेको देखिएको छ ।
यही बिषयमा केन्द्रित रहेर जापानको सेन्दाइमा रहने नेपाली कलाकारहरुले छोटो चलचित्र “दिब्य दृष्टि” तयार परेका छन् । चलचित्रको छायांकन पनि सेन्दाई शहरमै गरिएको छ ।
चलचित्रमा अध्ययन भिसामा जापान पुग्ने नेपालीहरुल किन आत्महत्या गर्न बाध्य हुन्छन् ? भन्ने बिषयलाई छोटो रुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा बागलुङे कलाकार अनिलकुमार निर्दोशसँगै मिस टाइगर र बिष्णु क्षेत्रीको अभिनय रहेको छ ।
नेपाली कला, साहित्य र संगीतको क्षेत्रमा एक दशकदेखि कृयाशिल अनिलकुमार निर्दोशको कथा र सम्पादन रहेको छ । निर्दोशको स्थायि ठेगाना बागलुङ काठेखोला गाउँपालिका बिहुँ सुल्डाँडा हो ।
लूट लगायत थुप्रै नेपाली चलचित्रहरुमा सहनिर्देशन गरेका चलचित्र दत्तकका निर्दोश अनिल भुसालको सिनेमेटोग्रफि र निर्देशनमा तयार भएको हो ।
अध्ययन भिसामा बिदेशिने युबाहरुको लागि बिशेष चेतना दिने यो छोेटो चलचित्रको उद्देश्य रहेको निर्देशक अनिल भुसालले बताए ।
चलचित्र युट्युब, अनलाईन तथा सामाजिक सञ्जालमा सार्बजनिक भएपछि चलचित्र बारे उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कलाकार अनिलकुमार निर्दोशले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्