४ आश्विन २०८३, आईतवार

 

बागलुङमा ताण्डव डान्स एकेडेमी सञ्चालनमा

बागलुङ । बागलुङका युवाहरूको पहलमा कला, संस्कृति संरक्षण तथा नृत्य प्रशिक्षणका लागि ताण्डव डान्स एकेडेमी सञ्चालनमा आएको छ।

साजन नेपाली र साहिल नेपालीको प्रयासमा एकेडेमी स्थापना गरिएको हो।

आइतबार आयोजित कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले एकेडेमीको उद्घाटन गरे।

उनले एकेडेमी नृत्य प्रशिक्षण केन्द्रमा मात्र सीमित नभई कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने केन्द्र बन्नुपर्ने बताए।

महादेवको ताण्डव नृत्यको प्रसंग उल्लेख गर्दै उनले युवाहरूलाई कला क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, युवा नेता विशेष पराजुली, प्रेम थापा र सुशील काउचाले मन्तव्य व्यक्त गरेका थिए।

सञ्चालक नेपालीले व्यवसायिक रूपमा एकेडेमी सञ्चालन गरे पनि कला तथा सांस्कृतिक क्षेत्रको सम्मान र संरक्षण गर्ने उद्देश्य रहेको बताए।

नृत्य तथा कलालाई व्यवसायिक रूपमा अघि बढाएर त्यसैबाट जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

कार्यक्रम सञ्चालक साजन नेपालीको अध्यक्षता, पत्रकार दिलीप प्रतेलको स्वागत र सुनिल बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung