६ जेष्ठ २०८१, आईतवार

 

दोलखा र रामेछापका सहकारीकर्मीले गरे सिवाईसीको स्थलगत अवलोकन

बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारीको स्थलगत अवलोकनका लागि जिल्लाबाहिरबाट पनि सहकारीकर्मीहरु आउने क्रम वढेको छ ।

सहकारीले हाँसील गरेका उपलव्धी, संस्थाको काम गर्ने फरक शैली र सामाजिक सुरक्षा तथा मानविय समवेदनामा दिने जस्ता नमुना कार्यक्रमको बारेमा अवलोकनकर्ताले चासो व्यक्त गर्ने गरेका छन् ।

सहकारी सम्वन्धि विषयहरुको अध्ययनका लागि मङ्गलबार डिभिजन सहकारी कार्यालय दोलखाको संयोजनमा दोलखा र रामेछाप स्थित जिल्ला सहकारी संघ र विषयगत जिल्ला सहकारी संघका समिति, उपसमिति र कर्मचारीहरु लगाएतको टोलीले सिवाईसीको स्थलगत अवलोकन गरेको छ ।

अवलोकनपछि भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय दोलखाका सहकारी अधिकृत टोपलाल अर्यालले सहकारी संस्थाहरुले आफ्नो विषय सम्बन्धित कार्य गर्नुपर्ने बताए ।
सबै सहकारी संस्थाहरुले बचत तथा ऋणको मात्र कारोवार गर्ने गरेकाले उत्पादन तथा प्रशोधनका काम हुन नसकेको अर्यालको धारण थियो । 

सिवाईसी साकोसका सल्लाहाकार देववहादुर श्रेष्ठले नेपालमा सहकारीको संख्या बढिरहेको भन्दै अब सुदृढ सहकारी बनाउने तर्फ केन्द्रित हुनुपर्ने धारण राखे ।

दोलखा देखि बागलुङमा रहेको सिवाईसी साकोसलाई अवलोकनका लागि छनौट गर्नुको उद्देश्य तथा आशा अपेक्षाका बारेमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष जिवसराज खड्का र जिल्ला कृषि सहकारी संघ लि. दोलखाका सञ्चालक बलवहादुर श्रेष्ठले जानकारी गराएका थिए ।

सिवाईसी साकोसले छोटो समयमा हाँसील गरेका उपल्ब्धी, संस्था सञ्चालन प्रकृया, संस्थाले सञ्चालन गरिरहेको फरक तथा नौला गतीविधिहरु, सामाजिक सुरक्षा तथा मानविय समवेदनामा संस्थाले सञ्चालन गरेका कार्य तथा योगदान र बागलुङको सहकारी अभियानको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, र प्रवन्धक नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्