७ कार्तिक २०८३, शुक्रबार

 

महिलाको न्यायमा पहुँचका लागि नागरिक संबाद

महिलाको न्यायमा पहुँचका लागि बुर्तिबाङमा नागरिक संवाद तथा अभिमुखिकरण कार्यक्रम भएको छ । जिल्ला समन्वय समिति बागलुङको सहयोगमा सरोकार भएका पक्ष, सांसद तथा स्थानीय नागरिक समाजबिच कार्यक्रम भएको हो ।

‘महिलाहरुको न्यायमा पहुँच बढाऔँ, अधिकार सुनिश्चत गरौँ’ भन्ने उदेश्य सहित भएको कार्यक्रम निर्वाचन क्षेत्र बिकास कार्यक्रमबाट छुट्यिाईएको बजेटबाट आमा मिलन केन्द्र बागलुङ, महिला मानब अधिकार रक्षक सञ्जाल बागलुङ र सत्कर्म नेपाल बागलुङको आयोजनामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको स्थानिय संयोजक सामुदायिक रेडियो ढोरपाटनले गरेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले संवैधान तथा कनुनले दिएका अधिकारको प्रयोग गर्दा आफ्नो कतव्य पुरा गर्नुपर्नेमा जोड दिए । उनीहरुले कानुनको कार्यान्वयनमा कुनै पक्षको हस्तक्षत हुन नहुने बताएका थिए ।

सहभागीलाई सहजिकरण गर्दै सत्कर्म नेपाल बागलुङका अध्यक्ष सिताराम थापाले राज्यका निकाय र आम नागरिकले समेत आफ्नो कर्तब्य पालनामा ध्यानदिनुपर्ने बताए ।

सांसद् ज्ञानकुमारी छन्त्यालले राज्यका सवै निकायमा महिलाको प्रतिनिधित्व सुचिष्चि भएकाले स्थानिय तहमा महिलाको उपस्थिती उत्साहजनक भएको बताईन् । उनले महिलालाई नेतृत्वमै स्थापित गर्ने अभियानमा जुट्न आग्रह समेत गरिन् ।

रेडियो बुर्तिबाङका कर्मचारी झरना कँडेलको स्वागत रहेको कार्यक्रममा कार्यक्रममा कार्यक्रममा ढोरपाटन नगरपालीका–१ का अध्यक्ष चित्र भण्डारी, ढोरपाटन नगरपालीकाका कार्यकारी अधिकृत रामप्रसाद आर्चाय, छन्त्याल संघका केन्द्रिय उपाध्यक्ष पदम छन्त्याल, वडा नागरीक मञ्चका अध्यक्ष गुञ्जबहादुर भण्डारी, अल्पकालीन महिला सेवा केन्द्र बुर्तिबाङका सल्लाहकार दुर्गादेबि घर्ति र रेडियो परिवर्तनका सुमन सुनारले आफ्नो धारण राखेका थिए ।

कार्यक्रम आमा मिलन केन्द्र बाग्लुङका अध्यक्ष ज्ञानु थापाको अध्यक्षता, रेडियो बुर्तिबाङका कार्यवाहक स्टेशन म्यानेजर झना कँडेलको स्वागत र रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung