बागलुङ १० असार स्थानीय तहको पहिलो निर्वाचन भएको एक महिना १० दिन झण्डै पुगेको छ । अझैपनि जनप्रतिनिधिको स्वागत सम्मान कार्यक्रम चलिरहेकै छन् । बागलुङ नगरपालिका वडा नं. १३ बाट निर्वाचितहरुलाई स्थानीय समुन्नत युवा क्लव पैयुँपाटाले शनिवार एक कार्यक्रम सहित स्वागत सम्मान गरेको छ ।
बधाई तथा सम्मान कार्यक्रममा बा.न.पा. १३ पैयुँपाटाका अध्यक्ष नारायण शर्मा पौडेलले स्थानिय स्तरका श्रोतको पहिचान गरी समृद्ध समाज निर्माणका लागि आफु सधै लागि पर्ने बताए । उनले हरेक समुदाय र वर्गका समस्यालाई मध्यनजर गरी विकास निर्माण लगायतका अन्य कार्यमा सबैको सल्लाह बमोजिम आफुहरु लाग्ने बताए ।
कार्यक्रममा बा.न.पा. १३ का वडा सदस्य भवानी प्रसाद रिजाल, एकनाथ रेग्मी, जनमत माध्यामिक विद्यालय पैयुँपाटा बास्कोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरप्रसाद रिजाल, संस्थाका सल्लाहकार तथा समाजसेवी रामप्रसाद अधिकारी, सल्लाहकार बलराम रिजाल, संस्था समन्वय समितिका सदस्य चन्द्र बहादुर खत्री, एकता महिला आमा समुह बास्कोटकी अध्यक्ष शान्ति देवी शर्मा रिजाल, लगायतले बोलेका थिए ।
बा.न.पा. १३ बाट नेपाली काँग्रेसका तर्फ बाट वडा अध्यक्षमा नारायण शर्मा पौडेल, महिला सदस्यमा मिनाकुमारी रोका, दलित महिला सदस्यमा लक्ष्मी साकी, खुल्ला सदस्यमा एकनाथ रेग्मी, र भवानी प्रसाद रिजाल विजयी भएका थिए ।
कार्यक्रम समुन्नत युवा क्लबका अध्यक्ष ऋषिराम रिजालको अध्यक्षता उपाध्यक्ष महेन्द्र अधिकारीको स्वागत र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

































































































































































































