३० बैशाख २०८२, मंगलवार

 

मातृशोकमा परेको शेरचन परिवारलाई सिवाईसीले दियो समवेदना

चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी बागलुङले सांसद् रत्ना शेरचनकी माताको निधानमा दुख व्यक्त गरेको छ । सहकारीका शेयर सदस्य समेत रहेकी शेरचनकी आमा चमेलीको ८३ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

बा.न.पा.–३ की स्वर्गीय शेरचन सहकारीका सदस्य प्रदीपज्योतीकी आमा हुन् । स्वर्गिय शेरचनको निवासमै पुगेर संस्थाका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुको टोलीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

श्रदाञ्जली कार्यक्रममा सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सामाजिक रुपमा समेत सक्रिय शेरचनलाई गुमाउनु पर्दा सिवाईसी मर्माहीत भएको भन्दै दुख व्यक्त गरे ।

पौडेलले शोकाकुल परिवारजनलाई सान्त्वना दिँदै उनको सकारात्मक कार्यको सहकारीले समेत अनुसरण गर्ने बताए ।
संस्थाका संरक्षक अधिवक्ता पद्मनाथ शर्मा पौडेल र सल्लाहाकार देववहादुर श्रेष्ठले सांसद शेरचनलाई संस्थाको तर्फवाट समवेदना पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung