६ कार्तिक २०८३, बिहीबार

 

चुनाबि तालमेल फलदायी, एमाले बागलुङले वेबसाईट बनाउँदै

नेकपा एमाले जिल्ला कमिटि बागलुङको दोश्रो पूर्ण बैठक बडिगाड गाउँपालिकाको खर्वाङ बजारमा भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बसेको वैठकमा चुनावको समिक्षा तथा आगामी रणनीतिको विषयमा छलफल भएको छ ।

स्थानीय तहको निर्वाचनमा वाम तालमेलका  कारण उपलब्धि भएको र आगामी निर्वाचनमा पनि तालमेललाई कायमै राख्नु पर्ने बैठकको निष्कर्ष छ ।जिल्लाका ४ स्थानीय तहमा विजयी हासिल गर्नु सकारात्मक भएको भन्दै जिल्लाको जनसंख्याको ५०.८१ प्रतिशत नेतृत्व एमालेको हातमा आएको बैठकमा चर्चा भयो ।

वैठकमा स्थायी कमिटि सदस्य तथा प्रदेश नं. ४ का संयोजक किरण गुरुङले स्थानीय तहको संचालन र जन प्रतिनिधिको भूमिका विषयमा प्रशिक्षण दिँदै जनप्रतिनिधिले जनतालाई सहज र सर्वसुलभ सेवा दिने गरी संरचना, कानुन र बजेट बनाउन सुझाव दिए ।असारदेखि भदौसम्म ३ महिने आर्थिक सुदृढीकरण अभियान गर्ने, स्थानीय तहको बैठक गर्ने, पारदर्शीताको लागि हिसाबमा दोहोरो लेखा र वैंकिङ प्रणाली सुरु गर्ने निर्णय गरेको छ ।

त्यस्तै यहि असार १७ गते वुर्तिवाङमा र २१ गते बागलुङमा जनप्रतिनिधीको लागी एक दिने प्रशिक्षण गर्ने, पुष्पलाल स्मृति दिवस र मदन जयन्ती रचनात्मक कार्यक्रमका साथ मनाउने निर्णय पनि भएको छ । बैठकले जिल्ला समन्वय समितिको निर्वाचनमा वाम तालमेल गर्ने, तथा विज्ञहरुको समुह बनाई स्थानीय सरकारको संरचना निर्माण गर्ने निर्णय गरेको छ । २८ जनालाई जिल्ला सल्लाहकार परिषद्मा मनोनयन गरेको छ ।

यस्तै आर्थिक विभाग प्रमुख भुपाल चालिसेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक कार्यदल निर्माण गरेको छ । त्यस्तै वैठकले पार्टीको आधिकारीक वेव साइट संचालन गर्न तथा पार्टीको मुखपत्र आह्वान लाई नियमीत प्रकाशन गर्न सचिव लाल थापा को संयोजकत्वमा समिति निर्माण गरेको छ।वैठक जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता तथा सचिव लाल वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung