६ कार्तिक २०८३, बिहीबार

 

प्रशिक्षक थापा भन्छन् ‘फोटो खिच्न क्यामरा चलाउने सिप चाहिन्छ’

बागलुङमा फोटोग्राफि तथा फोटो पत्रकारिता सम्बन्धि तालिम आईतबार देखि सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बागलुङको आयोजनामा सात दिने तालिम सुरु भएको हो ।

 

यो तालिम सञ्चालनमा फोटो व्यवसायी संघ बागलुङ र नयाँ विश्व डटकमले पनि समन्वय गरेर सहकार्य गरेका छन् ।

तालिमको उद्घाटनपछि बोल्दै बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले फोटोग्राफि तथा फोटो पत्रकारितालाई थप व्यवसायीक बनाउन तालिम फलदायी हुने बताए ।

उनले धेरै शब्दमा व्यक्त गर्न सकिने सन्देश एउटै फोटोले दिनसक्ने भन्दै फोटो पत्रकारिता मार्फत आर्थिक

समृद्धि र समाज सुधारमा टेवा पु¥याउन सञ्चारकर्मीलाई आग्रह गरे ।

प्रशिक्षक मधुसुधन थापाले फोटो खिच्ने पेसा कला र विज्ञानको संयोजन भएको बताए ।

‘विज्ञानले प्रतिपादन गरेका विभिन्न सिद्धन्तमा आधारित रहेर बन्ने क्यामरामा फोटोग्राफरको कला संयोजन भएर मात्र फोटो बन्न सक्छ’ थापाले भने, ‘राम्रो फोटोग्राफि र हजारौँ शब्दमा पनि उल्लेख गर्न नसकिने सन्देश दिने फोटोका लागि क्यामरा चलाउने सिप महत्वपुर्ण कुरा हो ।’ उनले तालिमका सहभागीलाई सैद्धिान्तीक ज्ञान र व्यवहारिक सिप दुवै सिकाईने बताए ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बागलुङका प्रमुख विश्वप्रेम ढकालले फोटो व्यवसाय र पत्रकारिता पेशालाई थप व्यवसायीक बनाउन तालिमको आयोजना गरिएको बताए ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले तालिमले बागलुङको फोटो पत्रकारितालाई थप गुणस्तरिय र पत्रकारलाई व्यवसायीक बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

२० जना फोटो व्यवसायी तथा सञ्चारकर्मी सहभागी तालिममा फोटो पत्रकारिता र फोटोग्राफि सम्बन्धि विभिन्न पक्षमा सहजिकरण गरिने फोटो व्यवसायी संघ बागलुङका निबर्तमान अध्यक्ष गगनलाल शाक्यले जानकारी दिए ।

प्रशिक्षक मधुसुधन थापा र प्रदिपकुमार श्रेष्ठले तालिमको सहजिकरण गर्ने आयोजकले जनाएको छ ।  उद्घाटन कार्यक्रम घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बागलुङका प्रमुख विश्वप्रेम ढकालको अध्यक्षता, नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीको स्वागत र फोटो व्यवासायी संघ बागलुङका सचिव मञ्जुल शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung