नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मना केसीले एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादबाट मात्रै मुलुकले शान्ति र समृद्धि प्राप्त गर्ने दावी गरेकी छन् ।
जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदनकुमार भण्डारीको ६६ औं जन्म जयन्ती कार्यक्रममा उनले यस्तो दालि गरेकी हुन् । बुधबार बागलुङ नगरपालिका १ बाङ्गेचौरस्थित मदन–आश्रीत स्मृति पार्कमा कार्यक्रम आयोजना गरिएको थियो ।
भण्डारीको स्मरणका लागि दिप प्रज्ज्वलन कार्यक्रम भएको थियो । जननेता भण्डारीका बारेमा बोल्दै केसीले नेपालको वर्तमान राजनीति जनताको बहुदलीय जनवादकै अगुवाईमा अगाडि बढेको दावी गरिन् ।
२००९ सालमा साविकको ताप्लेजुङ जिल्लामा जन्मिएका भण्डारी २०४६ सालको जनआन्दोलनका योजनाकार समेत रहेको भन्दै उनले २०४७ सालको संविधान जारी गर्दा भण्डारीले राखेका २७ बुदे अहसमतिहहरु २०६२/०६३ को आन्दोलनले पुरा गरेको बताईन् । नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो ।
मदन–आश्रीत स्मृति पार्क व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा एमाले नेतृ मना केसी, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, सांसद नरबहादुर थापा लगायतले दिप प्रज्ज्वन गरे । कार्यक्रमको सञ्चालन लक्ष्मी बोहराले गरेकी थिईन् ।

































































































































































































