२६ बैशाख २०८१, बुधबार

 

मौलिकता जोगाउन बागलुङमा हुँदैछ ‘तीज महोत्सव’

बागलुङमा यो बर्षको तीजको अवसर पारेर तीज महोत्सव हुने भएको छ । बागलुङ उद्योग बाणिज्य संघ र महिला उद्यमी विकास समिति बागलुङले संयुक्त रुपमा दोस्रो तीज महोत्सव गर्न लागेका हुन् । आयोजकले यसबारे पत्रकार सम्मेलन गरि जानकारी गराए । लोक संस्कृतिको संरक्षण गर्दै सभ्य तथा समृद्ध समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजनकले जनाएको छ ।

‘सामाजिक न्याय, लैङ्गिक समानता र स्वतन्त्रताको आवाज, लोक संस्कृति संरक्षणसँगै सभ्य र समृद्ध समाज’ भन्ने मुल नारा सहित भदौको १ देखि ३ गतेसम्म बागलुङ बजारमा कार्यक्रम हुनेछ । महिला उद्यमी विकास समिति बागलुङका अध्यक्ष भगवती केसीले बागलुङलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सहयोग गर्ने बताईन् ।

महोत्सवमा प्रतियोगितात्मक रुपमा खुला महिला तीजगीत, जातिय भेषभुषा प्रदर्शनी, खुला नृत्य, घैटोफोर गरिने छ । साथमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । लोप हुँदै गएको नेपाली तीजको मौलिक संस्कृतिलाई संरक्षण सँगै नारीको पर्वलाई महिला उद्यमी समिति मार्फत थप प्रबद्र्धन गर्ने उद्देश्य राखिएको बागलुङ उद्योग बाणिज्य संघका महासचिब दयाराम पौडेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघ बागलुङका सचिब राम थापा अविरल, बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी र आयोजक महिला उद्यमी बिकास समितिका उषा पौडेलले तीज महोत्सबलाई मौलिक बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम महिला उद्यामी विकास समितिका अध्यक्ष भगवती केसीको अध्यक्षता र सचिव अम्बिका बस्नेतको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्