पहिरोले घर जोखिमा परेका देवेन्द्र किसानलाई नेपाल रेडक्रस सोसायिटीले पाल दिएको छ । असार ७ गतेको बर्षले जोखिममा परेको किसानको घर जोगाउन एक थान पाल प्रदान गरिएको हो ।
बागलुङ नगरपालिका–३ मा रहेको घर थप भत्किएर क्षेती नहोस भनेर शाखाले पाल सहयोग गरेको रात्माटा उपशाखाका उपसभापती प्रेमबहादुर केसीले जानकारी दिए ।
केसी र जिल्ला शाखा बागलुङका सदस्य हिमाल शर्माले संयुक्त रुपमा किसानलाई पाल प्रदान गरेका हुन् । ‘जहाँ दुख त्यहाँ रेडक्रस’ भन्ने मान्यता रहेको रेडक्रसबाट सानो सहयोगले पनि राहत हुनसक्ने भएकाले पाल प्रदान गरिएको उपसभापती केसीले बताए ।



















































































































































































































