१ जेष्ठ २०८२, बिहीबार

 

विस्थापित मनकुमारीका लागि सहयोग जुट्दै

पहिरोका कारण विस्थापित जिल्लाको गलकोट नगरपालिका–७ मल्मकी एकल महिला मनकुमारी चोखाललाई राहत जुट्न थालेको छ । चोखालको पुर्नस्थापना र जीवनयापनमा सघाउन विभिन्न संघसंस्थाले आर्थिक र सहायता सामग्री प्रदान गरेका छन् ।

विस्थापित चोखाल बारे ‘पती वियोग सहेकी चोखाललाई प्रकृतीले पनि दया गरेन’ शिर्षकमा नयाँ विश्वडटकममा समाचार प्रकाशन भएपछि उनका लागि सहयोग अभियान सुरु भएको थियो

हालसम्म २७ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग जुटेको सहयोग अभियानका अगुवा नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले बताए ।  सबैभन्दा बढी रोटरी क्लव बागलुङले रु. १० हजार सहयोगको प्रतिवद्धता जनाएको छ ।

यस्तै, बागलुङ उद्योग वाणिज्य संघबाट रु. २ हजार, नयाँ विश्व अनलाइन पत्रिकाबाट रु. २ हजार, होटल व्यवसायी अर्जुन चोखालबाट रु. ३ हजार सहयोग प्राप्त भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङबाट रु. २ हजार, राष्ट्रिय उपभोक्ता मञ्चबाट रु. १ हजार, सिवाईसी सहकारीबाट रु. १ हजार, कमल प्रधानबाट २ हजार, हरिदत्त कँडेलबाट १ हजार ५ सय, दयाराम शर्माबाट रु. १ हजार, सिद्धार्थ मिलन श्रेष्ठबाट १ हजार र राजेन्द्र आचार्यबाट ५ सय रुपैयाँ प्राप्त भएको राजभण्डारीले बताए ।

नेपाल रेडक्रस जिल्ला शाखा बागलुङ, लायन्स क्लव अफ् धौलागिरी, लायन्स क्लव अफ बागलुङ कालिका, लायन्स क्लव अफ बागलुङ सिटी, लायन्स क्लव अफ बागलुङ, बागलुङ जेसीज, होटल तथा रेष्टुराँ व्यवसायी संघ बागलुङ लगाएतका संघसंस्थाले नगद तथा राहत सामाग्री प्रदान गर्नेे जनाइएको छ ।

घनटनास्थलको प्रहरी प्रतिवेदन आउनसाथ जिल्ला प्रशासन कार्यालय बागलुङले पनि राहात उपलब्ध गराउने भएको छ । संकलित रकम र राहात सामाग्री केही दिनभित्रै चोखाललाई हस्तान्तरण गरिने जनाइएको छ । पति वियोगपछि घरमा एक्लै बस्दै आएकी ६३ वर्षीया चोखालको गत शुक्रबार खसेको पहिराले घरमा क्षति पु¥याएको छ ।

चोखाल २०५६ सालमा सुकुम्बासी आयोगले दिएको जग्गामा सानो अस्थायी घर बनाएर बस्दै आएकी थिईन् । पति, सन्तती र परिवारमा कोहीपनि सदस्य नभएपछि चोखाल साहराविहीन अवस्थामा छिन् । बुढ्यौली उमेरमा एक्लो जीवन कटाउनु परेको बाध्यताबीच प्रकृतिले पनि चोखाललाई ठगेको छ ।

पहिरोले घरसँगै घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा समेत पुरेपछि चोखाल छिमेकी श्यामबहादुर थापाको शरणमा पुगेको वडा अध्यक्ष टीकाबहादुर थापाले बताए ।

उनले वार्ड तहबाट पनि चोखालको राहात र पुर्नस्थापनाका लागि सक्दो सहयोग जुटाइने उल्लेख गरे । वर्षा याम लागेसँगै जिल्लाका अन्य क्षेत्रमा पनि कैंयो घरपरिवार पहिरोको जोखिममा छन् । सम्भावित प्राकृतिक विपत्तिबाट बच्न सबैले समयमै सजगता अपनाउनुपर्ने जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung