७ कार्तिक २०८३, शुक्रबार

 

‘पत्रकार महासंघ बागलुङ १८ औँ बर्षमा’ ‘प्रेस रुपान्तरणको हिस्सेदार’–तिवारी

नेपाल पत्रकार महासंघ बागलुङ शाखा स्थापनाको १७ बर्ष पुरा भएको छ । बर्तमान बागलुङ शाखा विक्रम संबत २०५७ साल असार २५ गते बिदुर खड्काको संयोजकत्वमा तत्कालिन धौलागिरी शाखाको तदर्थ समिति गठनसँगै  सुरुवात भएको थियो ।

अहिलेको ‘बागलुङ शाखा’ (त्यसबेलाको धौलागिरी शाखा) आईतवारदेखि १८ औँ बर्षमा प्रवेश गरेको छ । त्यसअघि २०५४ सालमा राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा गठन भएको समितिले शाखा स्थापनाको पहल गरेको थियो ।

पर्वत र म्याग्दी जिल्लामा आफ्नै शाखा स्थापना भएपछि २०६३ साल मंसिरदेखि तत्कालिन धौलागिरी शाखा अहिले बागलुङ साखाको रुपमा क्रियाशिल छ । धौलागिरी शाखा स्थापनाको दिन ५७ साल असार २५ गतेलाई मानेर स्थापना दिवस मनाउने गरिएको छ । यसरी अघि बढेको बागलुङ शाखाको १७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ ।

स्थापना दिवसको अघिल्लो दिन शनिवार ‘सुचनाको हक’ सम्बन्धमा सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी र पत्रकार–सञ्चारकर्मीविच अन्तरक्रिया भयो । त्यहाँ बागलुङमा सुचनाको हक प्रयोगको अवस्था, भएका अभ्यास, अहिलेसम्मका अनुभव र कानुनी मान्यता बारे छलफल गरियो ।

स्थापना दिवसकै दिन सरकारी कार्यालयका प्रमुख र सञ्चारकर्मी–पत्रकारविच आईतवार प्रभातफेरी सहित शुभकामना आदान प्रदान भएको छ । पत्रकार महासंघको कार्यालयबाट सुरुभएको प्रभातफेरी हल्लनचोक–लोकतान्त्रिकचोक हुँदै होटेल पिस प्यालेसमा आईपुगेपछि शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रेस जगत समाजिक रुपान्तरणको महत्वपुर्ण हिस्सेदार रहँदै आएको बताए ।
‘पत्रकारिता क्षेत्रले लोकतन्त्र स्थापनासँगै यसको संस्थागत विकासमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको छ,’ प्रजिअ तिवारीले भने, ‘तथ्यपरक विषयवस्तुको उठानले सुशासन, पारदर्शीता जस्ता कुरामा राज्यलाई जवाफदेही बनाउन यहाँहरुको थप सक्रियता आवश्यक छ ।’

समाजप्रति उत्तरदायी भएर सकारात्मक सोच सहित सन्तुलित सामग्री प्रकाशन प्रशारण गर्न उनले आग्रह गरे । तिवारीले पत्रकारिता क्षेत्रको विकासमा तीन पक्ष महत्वपुर्ण हुने वताए ।

‘पहिलो कुरा पुर्ण प्रेस स्वतन्त्रतामैत्री निती निर्मााणमा राज्यको भुमिका महत्वपुर्ण हुन्छ,’ अगाडी थपे, ‘दोस्रो सञ्चार उद्यामीको व्यवस्थापन र तेस्रो महत्वपुर्ण पक्ष पत्रकार आफैले आफ्नो व्यक्तित्व विकास गर्न निरन्तर परिश्रम गर्नुपर्ने हुन्छ ।’ यि तीनै पक्ष विच सकारात्मकताको संयोजनले नै पत्रकारिता क्षेत्रको प्रगतिलाई निर्धारण गर्ने उनको तर्क थियो ।

स्थानीय विकास अधिकारी रामप्रसाद अचार्य र बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत शुवासकुमार लामीछानेले सेवा प्रवाहलाई सरल तथा विकास निर्माणको कार्यलाई पारदर्शी र उपब्धिमुलक बनाउन पत्रकारको विवेकपुर्ण भुमिका आवश्यक हुने बताए । उनीहरुले पत्रकार महासंघको संस्थागत विकास तथा सञ्चारकर्मीको क्षेमता अभिवृद्धिमा भएका अपेक्षलाई नियमको परिधि भित्र रहेर बजेट र योजनामै समावेश गर्ने प्रतिवद्धता जनाए ।

महासंघका निवर्तमान शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले यहाँबाट पत्रकारिता सुरुगरेकाहरु काठमाण्डौका ठुला सञ्चार माध्यमको महत्वपुर्ण भुमिकामा रहेको स्मरण गर्दै बागलुङ पत्रकारिताको उर्भर थलो भएको बताए । सल्लाहकार कोपिला कँडेलले पत्रकारले काम अनुसारको पारिश्रमिक पाउन नसकेको भन्दै श्रमजीवि पत्रकार ऐन लागु गर्नुपर्नेमा जोड दिईन् ।

सवै पेशागत संघ संगठनको तर्फबाट प्रेस युनियन बागलुङका उपाध्यक्ष प्रदीप पन्त र सञ्चार उद्यमीको तर्फबाट गलकोट एफएमका निबर्तमान अध्यक्ष राज थापाले आफ्नो भनाई राखेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung