७ कार्तिक २०८३, शुक्रबार

 

बडिगाड नदी किनारमा महिलाको बेवारिसे शव भेटियो

पश्चिम बागलुङको बडिगाड नदी किनारमा एक महिलाको शव फेला फरेको छ । बडिगाड गाउँपालिका वडा नम्बर–२ खारापानी नजिकै बगरमा अन्दाजी ३०, ३५ बर्षको जस्तो देखिने महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

खर्बाङ बजार र खारापानीको विचमा पर्ने ठाउँमा शव देखिको खर्बाङ प्रहरी चौकी प्रमुख प्रहरी नायब निरीक्षक भोजबाहादुर बानियाँले जानकारी दिए । ‘नदीको विच बागरमा शव देखिएको छ,’ बानियाँले भने, ‘पानी दुवैतिर छुट्टिएर उच्च बाहावमा बगेकाले तत्काल निकाल्न सकिएको छैन ।’

उनले वेबारिसे शव भेटिएकाले कतै कोहि हराएको हुनसक्ने भन्दै सवैतिर खवर गरिएको बताए । शव निकालिएपछि घटनाबारे थप अनुसन्धान सुरु हुने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung