
गलकोटमा दिगो शान्ति र विकास सम्बन्धि गोष्ठि भएको छ । कार्यक्रममा द्वन्द्वपिडितका मुद्धाको सम्बोधनका लागि स्थानीय तहले सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा वक्ताले जोड दिए । उनीहरुले स्थानीय सरकाले द्वन्द्वपिडितका बास्तविक समस्याको अध्ययन गरि समाधानको रणनिती बनाउनुपर्ने बताए ।
गलकोट नगरपालिकाका प्रमुख भरत शर्माले कार्यक्रम मार्फत द्वन्द्वपिडितका समस्या बारे थप बुझ्ने मौका पाएको बताए । उनले द्वन्द्वपिडितका समस्या समाधान गरि दिगो शान्ति कायम गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
उपप्रमुख रेणुका काउचाले द्वन्द्व प्रभावितको क्षमता अभिवृद्धि गरि उनीहरुलाई समाजमा पुनस्र्थापन गर्न सवैको सकारात्मक भुमिका आवश्यक रहेको बताईन् । कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले द्वन्द्व प्रभावितलाई सम्बोधन गर्ने योजना निर्माणमा नगरपालिकाले उनीहरुसँगै समन्वय गर्ने बताए ।
कार्यक्रममा सत्कर्म नेपालका निर्देशक सिताराम थापाले कार्यपत्र प्रश्तुत गरे । उनले द्वन्द्वपिडितलाई समाजमा पुनस्र्थापित गर्न राज्य संवेदनशिल हुनुपर्ने बताए ।
सत्कर्म नेपाल, द्वन्द्वपिडित अधिकार समाज र आमा मिलन केन्द्रको सहकार्यमा कार्यक्रम भएको हो । द्वन्द्वपिडितको तर्फबाट बुल बहादुर केसी, छमकुमारी बस्नेत र जमुना थापा, नागरिक समाजको तर्फबाट खिम साहनीले आफ्नो धारणा राखेका थिए ।