३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ नगरपालिकाको ६९ करोड २३ लाख बजेट सार्वजनिक

आर्थिक बर्ष २०७४/७५ का लागि बागलुङ नगरपालिकाको वजेट ६९ करोड २३ लाख १७ हजार रुपैयाँको अनुमानित आय व्यय सार्वजनिक गरिएको छ । बागलुङ नगरपालिकाको प्रथम नगर सभामा आर्थिक बर्ष २०७४/२०७५ को नीति तथा कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरिएको हो ।

नगरको अवधारण सहित चौतर्फी विकास गर्ने लक्ष्य सहित आगामी आर्थिक बर्षको लागि अनुमानित बजेट सार्वजनिक गरिएको उपप्रमुख सुरेन्द्र खडकाले बताए । सडक, धार्मिक एवं पर्यटकिय क्षेत्र,खानेपानी,बसपार्क निमार्ण, भौतिक पुर्वाधार नीति, कृषि, पशु तथा सहकारी, पर्यटन, खेलकुद, डोजर, ट्रिपर खरिद, सामाजिक सुरक्षा लगाएतमा बजेट सार्वजनिक गरिएको खड्काले बताए ।

त्यस्तै आवको बजेटमा नगरको सडक, खानेपानी, नगर यातायात संचालन गर्ने गरि प्राथमिकता दिइएको छ । कार्यान्वय, गरिने उल्लेख गरिएको छ ।नगरको पुर्वाधार विकास अन्र्तगत सडकमा १५ करोड ५० लाख,खानेपानीमा १७ करोड ५ लाख, आर्थिक तथा सामजिक विकास तर्फ ६ करोड ९१ लाख,स्वास्थ्य सरसफाई तथा वातावरण तर्फ ४० लाख र सार्वजनिक क्षमता विकास प्रशासन तर्फ ८ करोड १९ लाख रुपैया विनियोजन गरिएको छ ।

स्थानीय कर दस्तुर तथा सेवा शुल्क तर्फ दुई करोड सतहत्तर हजार, राजश्व बाडफाड तर्फ एक करोड पैसठठी लाख, केन्द्रिय अनुदान तर्फ निशर्त पच्चिस करोड छब्विस लाख छयानब्बे हजार, वित्तिय समानीकरण तर्फ चौविस करोड उनानब्बे लाख सत्र हजार, प्रदेश सरकारबाट प्राप्त अनुदान दुई करोड छपन्न लाख सत्र हजार, सडक बोर्ड कार्यक्रम तर्फ उनन्चालिस लाख रुपैया, शहरी स्वास्थ्य केन्द्र संचालन तर्फ बाह्र लाख अठचालिस हजार, सामाजिक सुरक्षा तर्फ दश करोड, सौर्य सडक बत्ति जडान तर्फ एक करोड, शहरी गरिवी न्युनिकरण कोष लगाएका आन्तरिक कोष परिचालन तर्फ छयालिस लाख गरि उन्नान्सत्तरी करोड तेइस लाख सत्र हजार रुपैया आय हुने अनुमान गरिएको छ ।

नगरसभामा निति तथा कार्यक्रम र बजेटमाथि छलफल समेत भएको छ । उपप्रमुख सुरेन्द्र खडककाले नगरको बजेट सार्वजनिक गरेका थिए । नगरप्रमुख जनक पौडेलको अध्यक्षता र कार्यकारी अधिकृत सुवासकुमार लामिछानेको संचालनमा कार्यक्रम भएको थियो ।

शुक्रबार मध्यपहाडि व्यापारिक तथा पर्यटकीय शहर,सुन्दर समृद्ध ,सांस्कृतिक बागलुङ नगरको दीर्घकालिन लक्ष्य प्राप्तीका लागि “पर्याप्त पुर्वाधार सहितको कृषि व्यापार पर्यटन र रोजगार समृद्ध बागलुङ नगर निमार्णको आधार भन्ने मुल मन्त्रका साथ नगरप्रमुख जनकराज पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्