पश्चिम बागलुङको बुर्तिबाङ क्षेत्रका सामाजिक अगुवा तुल्सीराम अर्याल दाजु-भाईलाई मातृ सोक परेको छ ।

तुल्सीराम अर्याल
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बुर्तिबाङ नगरविकास समितिका पुर्वअध्यक्ष तुल्सीराम अर्याल, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगर अध्यक्ष एवं प्रेस सेन्टर बुर्तिबाङ उपशाखाका सल्लाहकार संयोजक चन्द्र अर्याल र सामाजिक व्यक्तित्व ददिराम अर्याललाई मातृसोक परेको हो ।
अर्याल दाजुभाईकी आमा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ निवासी अमृता अर्यालको शनिवार ९० बर्षको उमेरमा भएको निधनले उनीहरु अहिले मातृसोकमा छन् ।
तिनै जना अर्याल दाजुभाई अन्य विभिन्न सामाजिक संघ संस्थामा समेत क्रियाशिल छन् ।

चन्द्र अर्याल
अर्याल एक महिना अघिदेखि विरामी थिईन् । उनी पछिल्लो समय कान्छा छोरा चन्द्र अर्यालसँग बुर्तिबाङ बजारमा बस्दै आएकी थिईन् ।अर्यालको शनिबार विहान घरमै निधन भएको आफन्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।
उनको पार्थिप शरीरलाई अन्तिम श्रदाञ्जली दिनका लागि ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली सहित समाजिक अगुवा, विभिन्न राजनितिक दलका नेता, आफन्तजन लगायत बुर्तीबाङवासी सेरादोभान घाट पुगेका थिए ।

ददिराम अर्याल
अर्यालको शनिबार मध्यन्न स्थानीय सेरादोभान घाटमा हिन्दु धार्मिक संस्कार अनुसार अन्त्यष्टि गरिएको छ । अर्यालका ४ छोरा र ६ छोरी छन् ।
उनका माईला छोरा तुल्सीराम अर्याल पश्चिम बागलुङका एक अगुवा समाजसेवि हुन् । साईला छोरा ददिराम अर्यालपनि समाजिक क्षेत्रमै क्रियाशिल छन् । कान्छा छोरा चन्द्र अर्याल सञ्चार उद्यमी समेत हुन् ।



















































































































































































































