२९ बैशाख २०८२, सोमबार

 

सिवाईसीद्वारा दुःख व्यक्त

चारतारे युवा क्लव सिवाईसी र सिवाईसी बचत तथा ऋण सहकारी बागलुङले स्व. नारायणदत्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ ।
उनी सहकारीका शेयर सदस्य कर्णवहादुर हमाल र होमवहादुर हमाल तथा संस्थाका शुभचिन्तकहरु नगेन्द्रवहादुर हमाल, मकरवहादुर हमाल, र पूर्णवहादुर हमालका बुवा तथा संस्थका सदस्य कृष्णकुमारी हमालका ससुरा हुन् ।

उपाध्यायको ८१ वर्षको उमेरमा भएको निधनमा अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले नीवासमै पुगेर श्रदाञ्जली दिएको हो ।

कार्यक्रममा सिवाईसी नेपालको तर्फवाट संरक्षक पद्मनाथ शर्मा पौडेल र सिवाईसी साकोसको तर्फवाट संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठले समवेदनापत्र परिवारलाई हस्तान्तरण गरेका थिए ।

सिवाईसीका सल्लाहाकार जगन्नाथ आचार्यले संस्थाको नियमानुसार अध्र्वदैहीक कर्म (मृत्यु संस्कार) का लागि रु. ३० हजार हस्तान्तरण गरेका थिए । अध्यक्ष पौडेलले स्व. उपाध्यायले गरेका सकारात्म कामको अनुसरण गर्दै अघि बढ्न परिवारजनलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung