८ कार्तिक २०८३, शनिबार

 

फोटोग्राफी तथा फोटो पत्रकारिता तालिम उपयोगी

असार दोस्रो हप्ता सञ्चालन गरिएको फोटोग्राफी तथा फोटो पत्रकारिता तालिमका सहभागीलाई एक कार्यक्रम गरि प्रमाणपत्र प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बागलुङले असार १२ देखि १८ सम्म चलाएको एक हप्ते तालिमको समापनसँगै प्रमाण पत्र प्रदान गरिएको हो ।

तालिम सञ्चालनका लागि घरेलुले बागलुङ फोटो व्यवसायी संघ र नागरिक सञ्चार प्रालिद्वारा प्रकाशित नयाँविश्व डटकमसँग सहकार्य गरेको थियो । बागलुङका फोटो व्यवसायी र सञ्चारकर्मी पत्रकार गरि २० जना सहभागी रहेको तालिममा प्रशिक्षक मधुसुधन थापा र प्रदी श्रेष्ठले सहजिकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले सिमित स्रोत र व्यवस्थापन विच भएको तालिम बागलुङका फोटो व्यवसायीसँगै फोटो पत्रकारितामा रुचि राख्नेका लागि उपयोगी भएको बताए ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बागलुङका प्रमुख विश्वप्रेम ढकालले फोटो व्यवसाय र फोटो पत्रकारिता पेशालाई थप व्यवसायीक बनाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा बागलुङ फोटो व्यवसायी संघका द्वितिय उपाध्यक्ष काजिमान गुरुङ, निबर्तमान उपाध्यक्ष गगनलाल शाक्य, सहभागीको तर्फबाट नारायण रिजाल र बलबहादुर थापाले आफ्नो भनाई राखेका थिए । उनीहरुले तालिम उपयोगी भएको भन्दै फोटो पत्रकारिता र

फोटोग्राफि सम्बन्धि अझ स्तरिय सहजिकरण अवश्यक रहेकोमा जोड दिए । सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम घरेलु तथा साना उद्योग विकास समितिका मुख्य शाखा कार्यालय बागलुङका प्रमुख विश्वप्रेम ढकालको अध्यक्षता, बागलुङ फोटो व्यवसायी संघका उपाध्यक्ष नारायण प्रसाद पौडेलको स्वागत र नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung