८ कार्तिक २०८३, शनिबार

 

ढलेको रुख हटाउने कार्यमा सेना–प्रहरीको टोली

बागलुङको रामरेखामा मंगलबार ढलेको टुनीको रुखको भग्नावसेस हटाउन नेपाली सेना र नेपाल प्रहरीले आफ्नो छुट्टा छुट्छै टोली खटाएर काम गरेको छ ।

अर्जुनबाण गण बागलुङबाट सहायक सेनानी टिकाराम तिवारीको नेतृत्वमा २४ जनाको टोलीले सडकमा छरिएका हाँगाविगा हटाउने काम गरेको हो । क्षेती पुगेको घर वरिवरी रहेका रुखका टुक्रासमेत काटेर हटाईएको गणपती अच्युतम भण्डारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले अबरोध हटाउने कार्य गरेको प्रहरी प्रमुख एसपी चन्द्रकुबेर खापुङले बताए ।

झण्डै सात बर्ष पुरानो र दक्षिण एसियाकै ठुलो मानिएको टुनीको रुख मंगलबार विहान ७ बजेको समयमा ढलेको थियो । रुख ढलेपछि सडक अबरुद्ध भएको थियो । त्यहाँबाट प्रसारण भएको विद्युतको पोल र तारमा समेत क्षेती पुगेपछि विद्युत सेवा दिनभर अवरुद्ध बनेको थियो ।

ढल्ने क्रममा रुखको हाँगाले लाग्दा स्थानीय एक घरमा पनि क्षेती भएको छ । मंगलबार नै सेना र प्रहरीको टोली घटना स्थाल पुगी स्थानीयवासीसँग मिलेर अबरोध खुलाउने कार्य गरेको थियो । आंशिक रुपमा अबरोध खुलाएर विद्युत प्रसारण गरिएपनि पुरै हटाउने र व्यवस्थापन गर्ने कार्य अझै बाँकी छ । अहिलेपनि स्थानीयले गरिरहेका छन् ।

फोटो नेपाली सेना, अर्जुनबाण गण बागलुङ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung