
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब हुने निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने वताएका छन् । उनले एमालेलाई पहिलो पार्टी हुन कुनै शक्तिले रोक्न नसक्ने दाबि गरे ।
नेपाल कम्युनिष्ट पार्टीका सस्थापक पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवसको अवसरमा बागलुङ बजारमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेकपा एमाले जिल्ला कमिटि बागलुङले गरेको ‘पुष्पलाल’ विषयक विचार गोष्ठीमा उनले सामाजिक सांस्कृतिक रुपान्तरण सँगै आर्थिक समृद्धिको कार्यभार पुरा गर्नु सवै राजनितिक पार्टीको प्रमुख दायित्व रहेको बताए ।
उनले यस अघि सम्पन्न दुई चरणको स्थानीय तह निर्वाचनमा जस्तै प्रदेस नम्बर–२ को स्थानीय निर्वाच र त्यसपछि हुने प्रदेश तथा राष्ट्रिय चुनावमा समेत एमाले पहिलो पार्टी हुने उनको दाबि छ ।
नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुवात गर्न पुष्पलाल श्रेष्ठको महत्वपुर्ण योगदान रहेको उनले बताए । उनको त्यागले नेपाली राजनितिमा माक्र्सवादी सिद्दान्तको प्रयोग मार्फत समानता कायम गर्न पुष्पलालको अतुलनिय भुमिका रहेको बताए ।
खनालले सवै कम्यनिष्ट पार्टी भित्र फुट र गुटको रोग रहेको भन्दै गुटमुक्त हुनुपर्नेमा जोड दिए । मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन जनाताले नेकपा एमालेलाई दिएको मतको सदुपयोग हुने खनालको भनाई थियो ।