८ कार्तिक २०८३, शनिबार

 

तरुण दल बागलुङमा ८ सदस्य थपिए

नेपाल तरुण दल जिल्ला कार्यसमिति बागलुङल कार्य समितिमा ८ जनालाई मनोनित गरेको छ । नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोईरालाको ३५ औँ स्मृति दिवस पारेर नयाँ सदस्य मनोनित गरेको तरुण दल बागलुङका अध्यक्ष उमकान्त शर्मा बाबुले बताए ।

मनोनित हुनेमा धुव्र खडका, बिमलेश आचार्य, महेन्द्र खड्का, मिन बहादुर श्रीष, थम बहादुर सुवेदी (राजु) कृष्ण भण्डारी, कल्याण कायत र दिपक आचार्य रहेका छन ।

नेपाल तरुणदको बिधान २०१० तथा संसोधित विधान २०६९ को धारा १६ को उपधारा ३ अनुसार अध्यक्षले मनोनित गर्ने व्यवस्थामा टेकेर सदस्य थपिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung