बागलुङमा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ र रोट्रयाक्ट क्लव अफ बागलुङको पदभार हस्तान्तरण गरिएको छ । सामाजिक संस्था रोटरी क्लव अफको १२ आँै र रोट्रयाक्ट क्लव अफ बागलुङको ७ औ पदभार हस्तान्तरण तथा ग्रहण एक कार्यक्रम गरि संयुक्त रुपमा भएको हो ।
रोटरी इन्टरनेशनलको नियम अनुसार प्रत्येक बर्ष गरिने पद हस्तान्तरण तथा ग्रहण अन्तरगत वर्ष २०१७/१८ का लागि निर्वाचित अध्यक्षहरुलाई बर्ष २०१६÷०१७ का अध्यक्षहरुले आफ्नो पदभार हस्तान्तरण गरे ।
रोटरी क्लव अफ बागलुङ बर्ष २०१६/०१७ का अध्यक्ष नेत्रलाल न्यौपानेले वर्ष २०१७/१८ का लागि निर्वाचित अध्यक्ष पूर्णबहादुर केसीलाई र रोट्रयाक्ट क्लव अफ बागलुङका २०१६/०१७ का अध्यक्ष सुवास केसीले वर्ष २०१७/१८ का लागि निर्वाचित अध्यक्ष नविन पन्तलाई पदभार हस्तान्तरण गरे ।
सो अवसरमा रोटरी क्लवका डिस्ट्रिक गभर्नर नोमिनी किरणलाल श्रेष्ठले रोटरी क्लवले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको बताए ।
सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासका लागि क्लवले काम गरेको बताउँदै स्वार्थ भन्दा माथि सेवा भन्ने भावनालाई आत्मसाथ गरी मानव सेवामा लाग्न रोटरीयनहरुलाई आग्रह गरे ।
कार्यक्रमममा क्लवका असिस्टेन्ट गर्भनर नारायण शर्मा, रोट्रयाक्ट क्लव अफका डिआरआर हरिशचन्द्र सत्याल, पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, रोटरीका अध्यक्ष नेत्रलाल न्यौपाने र रोट्रयाक्टका अध्यक्ष सुवास केसी लगायतले रोटरीले नेपालमा गरेका कार्यहरु, रोटरीको उद्धेश्यका बारेमा चर्चा गरे ।
रोटरीका नवनिर्वाचित अध्यक्ष पूर्णबहादुर केसी र रोट्रयाक्टका अध्यक्ष नविन पन्तले प्रतिवद्धता मंतव्य राखेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष केसीको व्यक्तित्वका वारेमा पूर्व अध्यक्ष बालकृष्ण शर्मा र पन्तका वारेमा उपाध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिए ।
सो अवसरमा रोटरी क्लवले उत्कृष्ट व्यवसायीको रुपमा बागलुङको पुरानो बसपार्कमा हेयर कटिङ शैलुन संचालन गरेका राजनकुमार शर्मालाई सम्मान गरेको थियो भने क्लवलाई सहयोग पु¥याउनेहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम पूर्णबादुर केसी र नविन पन्तको अध्यक्षता, रोटरीका आगामि अध्यक्ष बिना कार्कीको स्वागत र रोटरीका सचिव ओमप्रकाश पौडेल र रोट्रयाक्टका सचिव शिव केसीको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































