पर्वतमा क्रियाशिल रोटरी क्लव अफ पर्वतको आठौ पदस्थापन भएको छ । वर्ष २०१७/१८ का लागि निर्वाचित कार्यसमितिको शुक्रवार एक कार्यक्रम गरी पदस्थापन गरिएको हो ।एक सफल युवा उद्यमी विप्लब हमाल नेतृत्वमा रहेको नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो ।
सो अवसरमा बोल्दै रोटरी क्लवका डिस्ट्रिक गभर्नर नोमिनी किरणलाल श्रेष्ठले रोटरी क्लवले सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको बताए ।
कार्यक्रमममा क्लवका असिस्टेन्ट गर्भनर नारायण शर्मा, रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई लगायतले रोटरीले नेपालमा गरेका कार्य बारेमा चर्चा गरे ।
कार्यक्रममा धन्यवाद मन्तव्य निवर्तमान अध्यक्ष गोपि अधिकारीले दिनुभएको थियो भने संचालन सचिब उत्तम अधिकारीले गरे ।
वर्ष २०१७,१८ का लागि निर्वाचित अध्यक्ष हमाल पुर्बपत्रकार समेत हुन् । उनले लामो समयदेखि पर्वतका जलजला ८ लस्तीमा क्रशर उद्योग संचालन गर्दै आएका छन् । जिल्लाकै सफल उद्यमीको रुपमा परिचित हमालले रोटरी मार्फत सामाजिक क्षेत्रमा लागेका हुन् ।
आफुले उद्योग व्यावसायमार्फत गरेको आम्दानीको केहि हिस्सा समाज विकासको क्षेत्रमा खर्चिने पनि उनको सोच छ । समाज परिवर्तनका लागि रोटरी क्लवजस्ता सामाजिक संस्थाहरुको भूमिकानै महत्वपुर्ण रहन्छ’, उनले भने, ‘आफ्नो एक वर्षको कार्यकाललाई फलदायी र नमुना बनाउन निरन्तर क्रियाशिल रहन्छु ।’
यस अघि पनि विभिन्न पदमा रहेर काम गरेका हमाल रोटरीको नेतृत्वमा आएपछि क्लबमा आवद्ध र बाहिरबाट पनि परिवर्तनको आशा व्यक्त गरिएको छ ।
पदस्थापन सँगै निवर्तमान भएका अध्यक्ष गणेश पौडेलले क्लवको कलर र माईन्युट हस्तान्तरण गरेका थिए ।
सोहि अवसरमा रोट¥याक्ट क्लव अफ पर्वतका पनि पदस्थापन भएको छ । रोट¥याक्टका अध्यक्ष आरसी पौडेलले नवनिर्वाचित अध्यक्ष मिलन पौडेललाई कार्यभार हस्तान्तरण गरेका हुन् ।













































































































































































































