२१ जेष्ठ २०८३, बिहीबार

 

अर्यालको निधनमा माओवादी केन्द्रले ग¥यो श्रदाञ्जली सभा

माओवादी नेताद्वय तुल्सीराम र चन्द्र अर्यालकी आमा अमृता अर्यालको निधन भएको नवौँ दिनको पुण्य तिथिमा श्रदाञ्जली सभा भएको छ । नेकपा माओवादी केन्द्र बागलुङ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ, प्रेस सेन्टर बागलुङ, प्रेस सेन्टर बुर्तिबाङ तथा गलकोट उपशाखाले संयुक्त रुपमा श्रदाञ्जली दिएका हुन् ।

माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तुल्सीराम अर्याल र ढोरपाटन नगर अध्यक्ष तथा प्रेस सेन्टर बुर्तिबाङ उपशाखाका सल्लाहकार संयोजक चन्द्र अर्यालकी आमा अमृताको ९० बर्षको उमेरमा असार ३१ गते निधन भएको थियो ।

नेकपा माओवादी केन्द्रका पोटिलव्युरो सदस्य तथा बागलुङका संयोजक चन्द्रबहादुर बुढा सागर, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य राजिब घिमिरे र चन्द्रबहादुर थापा शिखरले पार्टीको तर्फबाट श्रदाञ्जली व्यक्त गरे ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको तर्फबाट प्रदेश नम्बर–४ का सदस्य राज थापा र बाबुडियर हमालले श्रदाञ्जली दिए । प्रेस सेन्टरको तर्फबाट प्रेस सेन्टर गलकोटका अध्यक्ष थम्मन थापा सन्देश र बुर्तिबाङका सचिव बिमल खड्काले दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै श्रदाञ्जली व्यक्त गरे । उनीहरुले अर्यालको निधनप्रति दुख व्यक्त गरे ।

सोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्नेमा जोड दिए । समाज रुपान्तरणको अभियानमा निरन्तर सक्रिय छोरा जन्माउने आमाको निधनले पार्टी तथा संगठन स्तब्ध भएको भन्दै श्रदाञ्जली अर्पण गरे ।
दिवंगत अर्यालका ४ छोरा र ६ छोरी छन् ।

पश्चिम बागलुङका सक्रिय सामाजिक व्यक्तित्व तथा माओवादी नेता तुल्सीराम अर्याल उनका माईला छोरा हुन् । तुल्सीराम बुर्तिबाङ नगरविकास समितिका पुर्वअध्यक्ष, निसीभुजी जनता क्याम्पस सञ्चालक समिति उपाध्यक्ष तथा साबिकको बुर्तिबाङ गाविसका पुर्बअध्यक्ष समेत हुन् ।

चन्द्र अर्याल कान्छा छारा हुन् । चन्द्र रेडियो बुर्तिबाङका सञ्चालक सदस्य, राष्ट्रिय उपभोक्त मञ्च बुर्तिबाङका अध्यक्ष, बुर्तिबाङ राईजिङ युवा क्लव तथा बुर्तिबाङ यातायात व्यवसायी समितिका संस्थापक अध्यक्ष समेत हुन । साईला छोरा ददिराम अर्याल पनि समाजिक क्षेत्रमा क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung