८ कार्तिक २०८३, शनिबार

 

उपाध्यायको निधनमा काँग्रेस बागलुङले ग¥यो श्रदाञ्जली सभा

नेपाली काँग्रेस जिल्ला कार्यासमिति बागलुङले पार्टी नेता कर्ण हमाल तथा होमबहादुर हमालका बुवा नारायणदत्त उपाध्यायको निधनमा श्रदाञ्जली सभा गरेको छ ।

उपाध्यायको १२ औँ दिनको पुण्य तिथीमा पार्टीले दुख व्यक्त गर्दै सोकाकुल परिवारप्रती समवेदना व्यक्त गरेको हो । उनको असार २९ गते ८१ बर्षको उमेरमा निधन भएको थियो ।

उपाध्याय नगेन्द्र हमाल, मकरबहादुर हमाल र पुर्णबहादुर हमालका पनि बुवा हुन् । नगेन्द्र गैरआवासिय नेपाली संघ पोर्चुगलका राष्ट्रिय समन्वय परिषद् सदस्य हुन् । मकरबहादुर नेपालको तर्फबाट पोर्चुगलका बाणिज्य दुत हुन् । पुर्णबहादुर नेपाल जनसम्पर्क समिति युरोपका उपाध्यक्ष तथा काँग्रेसका महासमिति सदस्य हुन् ।

उनको निधनमा दुख व्यक्त गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले दिवंगत उपाध्यायले समाजिक क्षेत्रमा गु¥याएको योगदान स¥हानिय भएको बताईन् । संग्रौलाले उपाध्यायको निधनले नेपाली काँग्रेसले एक कुशल अभिभावक गुमाएको प्रतिक्रिया दिईन् । जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले बागलुङ काँग्रेसमा अपुरणिय क्षती पुगेको भन्दै उनीलाई पार्टीले सँधै सम्झने बताए ।

उपाध्यायकी नातिनि बुहारी सारदा हमालले दुःखद घडिमा परिवार प्रति समवेदना दिने सबैलाई धन्यबाद दिईन् । उपाध्यायका ५ छोरा २ छोरी रहेका छन । उपाध्यायका परिवार नै नेपाली काँग्रेसको राजनितिमा सक्रिय रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung