बागलुङमा रहेको नेपाली सेनाको २३ नम्बर बाहिनीले नयाँ बाहिनीपतीको स्वागत र सरुवा भएका बाहिनीपतीलाई विदाई गरेको छ । बाहिनीको कार्यालय सेरडिल ब्यारेक उपल्लाचौरमा विशेष कार्यक्रम गरि स्वागत विदाई गरिएको हो । नेपाली सेनाको जङ्गी अड्डाले २३ नम्बर बाहीनीमा बाहिनीपती सहायक रथी कृष्ण मुरारी न्यौपानेलाई पठाएको छ ।
न्यौपाने नेपाली सेनाको राष्ट्रिय विकास निर्देशनालयबाट बागलुङको २३ नम्बर बाहिनी आएका हुन् । यहाँका बाहिनीपती कृष्णबहादुर गुरुङको राष्ट्रिय सुरक्षा परिषद् सिंहदरबार सरुवा भएका छन् । सहयक रथी गुरुङले एक बर्ष ११ महिना २३ नम्बर बाहिनी बागलुङको नेतृत्व सम्हालेपछि विदाई भएका हुन् ।
नेपाली सेनाको जङ्गी अड्डाले झण्डै एक हप्ता अघि बाहिनीपतीको सरुवा गरेको थियो । नेपाली सेनामा बाहिनीपतीको सरुवा जङ्गी अड्डाले गर्छ । जङ्गी अड्डाले गरेको सरुवा सिफारिस मन्त्रीपरिषद्ले अनुमोदन गरेपछि सरुवा गर्ने नियम छ ।
बाहीनीमा भएको स्वागत विदाई कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, अञ्चाल प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, गणपती, गुल्मपती लगायतको सहभागिता थियो ।
बाहिनीपती गुरुङलाई उद्योग बाणिज्य संघ र राधाकृष्ण मन्दिरले पनि गरे विदाई
बागलुङको २३ नम्बर बाहिनीबाट विदाई भएर राष्ट्रिय सुरक्षा परिषद् जान लागेका बाहिनीपती सहायक रथी कृष्णबहादुर गुरुङलाई बागलुङ उद्योग बाणिज्य संघले पनि विदाई गरेको छ ।
उद्योग बाणिज्य संघको एक टोली सेराडिल ब्यारेकमा रहेको बाहिनी कार्यालयमै पुगेर उनको विदाई गरेको हो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, बागलुङका अध्यक्ष जयराम भारी, निबर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, बर्तमान प्रथम उपाध्यक्ष युबराज राजभण्डारी, कोषाध्यक्ष विदेशकुमार श्रेष्ठ, नयाँविश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभडारी सहभागी टोलीले उनको विदाई ग¥यो । सहायक रथी गुरुङलाई मायाँको चिनो प्रदान गर्दै खादा लगाएर विदाई गरिएको हो ।

यसैविच राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले एक कार्यक्रम गरि विदाई गरेको छ ।
मन्दिरको सभाहलमा भएको कार्यक्रममा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारी सहित पदाधिकारी र सल्लाहकारले उनको विदाई गरे ।
राजभण्डारीले बाहिनीको नेतृत्वमा रहँदा गुरुङले गरेको सामाजिक समन्वय सकारात्मक भएको भन्दै धन्यवाद ज्ञापन गरे ।
सहायक रथी गुरुङले सरुवा भएर जाने क्रममा बागलुङबासीले गरेको सम्मान स्मरणयोग्य रहेको बताए ।
कार्यक्रम मन्दिर सेवा समितिका अध्यक्ष राजभण्डारीको अध्यक्षता, सदस्य देबबहादुर श्रेष्ठको स्वागत र विश्वनाथ रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































