२ जेष्ठ २०८२, शुक्रबार

 

बडिगाडमा २२५ मिटर लामो र २१३ मिटर अग्लो पुल बनाउन सर्वे सुरु

बडिगाड गाउँपालिकाको वडा नम्बर–६ र ७ को विचमा २ सय २५ मिटर लामो आकाशे पुल बन्ने भएको छ । वडा नम्बर–७ गिठेचौरदेखि वडा नम्बर–६ ठुलाचौर जोड्ने आकाशे पुल बनाउन शनिबार सर्वे को गरिएको हो ।

गिठेचौरदेखि ढुलाचौरसम्मको आकाशे पुल जमिनदेखि २ सय १३ मिटरको उचाईमा बन्ने गरि प्ररम्भिक नापजाँच गरिएको छ । पुलको सर्वेका लागि काठमाण्डौबाट टोली गिठेचौर आएको थियो ।

सर्वेभएपछि वल्लो डाँडाबाट पल्लो डाँडासम्म जोड्ने गरि पुल बन्ने आशा सहित स्थानीयवासी आवजजावतमा सजिलो हुने भन्दै खुसी भएका छन् । बनेपछि यो पुल बागलुङ जिल्लाको अर्काे लामो झोलुङ्ग पुल हुनेछ ।

बडिगाड गाउँपालिका वडा नम्बर–७ का अध्यक्ष कृष्ण गुरुङ लगायत स्थानीय अगुवाको उपस्थितीमा पुलको पहिलो सर्वे गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung