२१ जेष्ठ २०८३, बिहीबार

 

काँग्रेसको निष्कर्ष–‘गुटको खेतीले चुनावमा हार’

नेपाली काँग्रेस बागलुङले बागलुङ नगरपालिका वडा नम्बर–१३ पैयुँपाटामा यस अघिको स्थानीय तहको चुनावी समिक्षा सहित कार्यर्ता भेला गरेको छ ।
बागलुङ नगरको वडा नम्बर–१२, १३ र १४ का कार्यकर्ता सहभागी रहेको भेलामा गत बैशाख ३१ गते भएको चुना बबरे समिक्षा गरियो । पार्टी भित्रको गुट उपगुटको खेतीले चुनावी हार बेहोर्नु परेको सहभागीको टिप्पणी थियो ।

काँग्रेसले जनतालाई आफ्ना एजेण्डा बुझाउन नसक्दा पराजय भोग्नुपरेको बताए । नेपाली नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य तथा कार्यक्रमका संयोजक ओमकार थापाले अब विगतको गल्ती सच्याएर अघि बढ्नुपर्ने बताए । नेतृत्वले केन्द्रदेखि स्थानीय तहसम्मको संगठन सुधार गर्न ध्यान दिनुपर्ने उनको धारणा थियो ।

जिल्ला सदस्य ज्ञानु श्रीष शर्मा, खिमानन्द पौडेल, नेपाली काँग्रेस क्षेत्र २ नम्बर क्षेत्रका सभापती तथा बानपा–१३ का अध्यक्ष नारायण शर्मा पौडेल, नेपाल टे«ड युनियन काँग्रेसका जिल्ला अध्यक्ष रामप्रसाद अधिकारी, बानपा–१२ अमलाचौरका सभापती कोपिलामणि शर्मा, बनपा–१४ नारायणस्थानका कार्यबहाक सभापती हरिकुमार श्रेष्ठ लगायतले आफ्नो धारणा राखे ।

सो अवसरमा पार्टीमा आस्था राख्ने मुक्तिराम शर्मा, बिजेन्द्र कुँवर, हेमराज पौडेल, चन्द्रप्रसाद पौडेल, ईश्वरी शर्मा, मिना बि.क, राधिका कुँवर, उमा शर्मा र रत्नाकर शर्माले संगठन सुधारका लागि वस्तीवस्तीमा अभियान चलाउनुपर्ने बताए । उनीहरुले चुनाबमा जाँदा जनताका बास्तविक एजेण्डा लिएर जानुपर्ने सुझाव दिए ।

कार्यक्रम पैयुँपाटाका सभापती चन्द्रबहादुर खत्रीको अध्यक्षता, नारायणस्थानका दिर्घनारायण श्रेष्ठको स्वागत र पैयुँपाटाका सचिव एकनाथ रिजालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung