८ कार्तिक २०८३, शनिबार

 

हाँजिरीजवाफ सहित बाागलुङमा मनाईंदैछ, श्रीकृष्ण जन्माष्टमी महोत्सव

बागलुङमा साउन अन्तिम साता श्रीकृष्ण जन्माष्टमी महोत्सव गरिने भएको छ । नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङले साउन ३० गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा विद्यालय स्तरिय आध्यात्मिक हाँजिरीजवाफ सहित महोत्सव गर्न लागेको हो । कार्यक्रम अस्पताल रोडमा रहेको बालमन्दिर हलमा हुने छ ।

इस्कोन जात, धर्म, बर्ण तथा राष्ट्रियताका आधारमा भेदभावमुक्त गैरनाफमुलक अन्तराष्ट्रिय आत्यात्मिक संस्था भएको यसका अभियन्ताले जनाएका छन् ।

विहान हाँजिरीजवाफबाट सुरु भएको कार्यक्रम दिनभर चल्ने छ । दिउसो हरिनाम संकीर्तन, अतिथी स्वागत र पुरस्कार वितरणको कार्यक्रम तय भएको छ । दिउसो ३ बजे मुल समारोह गरिने छ । प्रसाद वितरण कार्यक्रम दिनैभर रहने छ । सन्ध्याकालिन समयमा सांस्कृतिक प्रश्तुती रहने आयोजकले जनाएको छ ।

साँझदेखि राती ११ बजेम्म भजन कृतन र प्रवचन गरिनेछ । त्यसपछि एक घण्टा श्रीकृष्ण जन्म लिला नाटकसँगै महाअभिसेक तथा दीपदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung