३ श्रावण २०८३, आईतवार

 

नोकिया थ्रि, फाइव र सिक्स मोवाईल बजारमा, धौलागिरीमा पनि विक्रि सुरु

- आधिकारीक बिक्रेता धौलागिरि स्मार्ट टे«डर्स बागलुङ

बिश्वभर ख्याती कमाएको पुरानो मोवाइल कम्पनी नोकियाले आफ्नो उत्पादन पुन बजारमा ल्याएको छ । बलियो र सजिलोको रुपमा प्रयोग हुँदै आएको नोकिया मोवाइल कम्पनीले केहि समयपछि फेरी आफ्नो उत्पादन बजारमा ल्याएको हो ।

कम्पनीले पछिल्लो उत्पादन एन्ड्रोईडमा आधारित स्मार्ट फोनका तीन नयाँ मोडल बजारमा ल्याएको छ । नोकिया थ्रि, नोकिया, फाइव र नोकिया सिक्स अहिले बजारमा छन् । देशका बिभिन्न अञ्चल र जिल्लामा भित्रने क्रममा धौलागिरीका बजारमा पनि बिक्री शुरु भएको धौलागिरि अञ्चलको आधिकारीक बिक्रेता धौलागिरि स्मार्ट टे«डर्स बागलुङले जनाएको छ ।

टे«डर्सका संचालक सुदीप कँडेलले बजारमा आएको नोकियाको सवै मोडल धौलागिरि अञ्चलको बागलुङ, पर्वत र म्याग्दीमाका १ सय बढी बिक्रि भैरहेको जानकारी दिए । शुरुवातमा गुगलको शुद्ध एन्ड्रोईडको नयाँ नउगट भर्सनमा आधारित ३ स्मार्ट फोन र ५ वटा फिचर्स फोनका साथ बजारमा आएको कँडेलले कँडेलको भनाई छ ।

फिचर्स फोनका मोडलमा १ सय ५ सिंगल सिम, डवल सिम, १ सय ५० र २ सय १६ संगै सन् २००० मा लन्च हुँदा १२ करोड ६ लाख सेट बिक्री भएको ३३१० पनि बजारमा आएको कँडेलले बताए । यसअघि सन् २०१२ मा नोकियाको लाइसन माइक्रोसफ्टले लिएपछि विन्डोजमा आधिरित स्मार्टफोन बजारमा आएको थियो ।

फिनल्याण्डमा रहेको अन्तराष्ट्रिय कम्पनी एचएमडी ग्लोवलसंग नोकियाको लाइसेन्स रहेको र २०१७ को शुरुदेखि नै बिश्वभर बिक्री गर्ने तयारी भएपनि माग अनुसारको उत्पादन नहुँदा नेपालमा ढिला आएको नेपालको आधिकारीक आयात कर्ता पारामाउण्ट इलोक्ट्रोनिक्स प्रालिका राष्ट्रिय बिक्रि प्रवन्धक राजकिरण शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung