८ कार्तिक २०८३, शनिबार

 

ढोरको नविखोलामा बगेर १ को मृत्यु, १५ वर्षीय बालिका अझै बेपत्ता, ३ जनाको सकुशल उद्धार !

बागलुङको ढोरपाटन नगरपालीका–९ ढोरको नवी खोलाले बगाएकी बालीका बेलकुमारी पुन अझै वेपत्ता छिन् । वडा नम्बर–९ कै नबी घर भएकी उनी सहित चार जनालाई आईतवार खोलाले बगाएको थियो ।

ढोरको बुकीबाट घर (नबी) जाँदै गर्दा आईतवार बेलुका साढे ४ बजे नबीखोलाको बहाव अचानक बढेपछि आएको बाढीले उनीहरुलाई बगाएको स्थानीय ईन्द्र शाहीले जानकारी दिए ।

उनीसँगै बगेका अरु तीन जनालाई भने स्थानीय र प्रहरीले तत्काल सकुशल उद्धार गरेका थिए । बेलकुमारीलाई भने बचाउन नसकिएको शाहीले बतााएका छन् ।

शनिबार पनि नबीखोलामै बगेर राजु विकको ज्यान गएको थियो । उनलाई छारेरोगको समस्या थियो । तर्ने क्रममा अचानक लडेपछि उनलाई खोलाले बगाएको थियो ।

खोलामा पुल नहुँदा बर्षेनी ज्यान गुमाउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीयले गम्भिर दु:ख व्यक्त गरेका छन् । उनीहरुले आवश्यक ठाउँमा पुल निर्माण गर्न सरोकार पक्ष तथा निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung