खोलामा पानीको सतह बढेपछि बुर्तिबाङबाट तमानखोलाका विभिन्न ठाउँ जने सवारी सधान नचल्दा यात्रुलाई सास्ती हुने गरेको छ । यहाँबाट तमान, खुङ्गा, बोङ्गादोभान जाने गाडी खोला तर्न नसक्ने भएपछि नियमित चलेका छ्रैनन् ।
बुुर्तिबाङदेखी बोङ्गादोभान यात्रा गर्दा दुई ठाउँमा गाडी फेर्नु पर्ने र खुङ्गा सम्मको लागि पनि गाडी फेर्नुपर्ने बध्यता रहेको यात्रुहरुले बताएका छन् ।ढोरपाटन नगरपालिकाको हुँन्द्रफेदी र तमानखोला गाउँपालिकाको भालुबाङखोलामा पुल नभएकाले खोला बढेपछि सवारी रोकिनुपर्छ ।
हिउँदको समयमा गाडी चलेपनि खोलाबाढेपछि बर्षात् नियमित चल्दैनन् । चलेपछि दुवै ठाउँमा गाडी फेर्नुपर्ने झन्झट रहेको यात्रुको गुनासो छ ।
गत बर्षको बाढीले पुरै बगेको दुलेको सडक भने यो बर्ष मर्मत गरेर सुचारु गरिएको छ । दुले बुर्तिबाङ बजारबाट तमानखोला तर्फ जार्ने नाका हो ।



















































































































































































































