२ जेष्ठ २०८२, शुक्रबार

 

इस्कोनको आध्यात्मिक सेमिनार

अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्काने नेपाल) बागलुङ शाखाको आयोजनामा बुधबार आध्यात्मिक सेमिनार सम्पन्न भएको छ । एक दिवसीय सेमिनारमा अन्तराष्ट्रिय आध्यात्मिक गुरु पत्री प्रभुले प्रवचन दिए ।

हरेकृष्ण अभियान नेपालका प्रमुख प्रचारक समेत रहनुभएका उहाँले सनातन वैदिक धर्मका बारेमा चर्चा गरे । भगवत् गीताका साथै अन्य वैदिक शास्त्रमा उल्लेख गरिएका प्रसङ्गलाई उनले सरल रुपमा प्रस्तुत गरेका थिए ।

रसियामा जन्मेर पनि सनात वैदिक धर्मको प्रचारमा हिडेका उनको आध्यात्मिक प्रवचन सुनेर उपस्थित भक्तजन प्रफुल्ल देखिन्थे । उनले बीच–बीचमा हरेकृष्ण सङ्कृतन समेत गरे । हिन्दु धर्म, संस्कृतिको मुल्य र महत्वबारे प्रकाश पार्दै उनले आफ्नो संस्कृतिलाई आत्मसाथ गर्न सबैलाई आग्रह गरे ।

हरेकृष्ण अभियानको प्रचारमा प्रवचनले ठूलो टेवा पुगेको शाखाका प्रमुख परमेश्वर अच्युत दासले बताए । राधाकृष्ण मन्दिरको सभाहलमा भएको सेमिनारमा सय भन्दा बढी भक्तजनको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung