२९ बैशाख २०८२, सोमबार

 

अध्यक्ष अमर थापाका पिताको निधनमा आदर्श सहकारीले दुख व्यक्त ग¥यो

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले काठेखोला गाउँपालिका तथा सहकारीका अध्यक्ष अमरबहादुर थापाका पिताको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरेको छ ।

अध्यक्ष थापाका पिता घनश्याम थापाको निधन भएको छैठो पूण्य तिथि पारेर संस्थाले काठेखोला गाउँपालिका–२ भिमापोखरास्थित घरमै पुगेर दुख व्यक्त गरेको हो । सो अवसरमा सहकारीको सामाजिक सुरक्षा तथा दैवी प्रकोप उद्धारकोष मार्फत शेयर सदस्यका परिवारको निधनमा दिइने मृतक राहत रकम परिवारलाई दिईयो ।

सहकारीका अध्यक्ष अमर बहादुर थापाको पिता, शेयर सदस्य कमला थापाका ससुरा तथा शेयर सदस्यहरु गंगा थापा, ज्ञानु थापा र इन्सान थापाका हजुरबुबा घनश्याम थापाको उपचारका क्रममा साउन १४ गते काठमाडौंमा निधन भएको थियो ।    प्रत्येक दिन, प्रत्येक सदस्य एक रुपैया संकलन गरेर सामाजिक सुरक्षा तथा दैवीप्रकोप उद्धार कोषमा राख्ने सहकारीको नियम छ ।

यो कोषबाट शेयर सदस्यको निधन हुँदा १५ हजार र शेयर सदस्यका परिवारको निधनमा ५ हजार रुपैयाँ सहयोग दिने गरिएको छ । 

दिवंगत थापाका छोरा र बुहारीका तर्फबाट १० हजार रुपैया शेयर सदस्य तथा उनकी नातिनी गंगा थापालाई प्रदान गरियो ।     थापा बारे उनका छोरा तथा सहकारीका अध्यक्ष अमरबहादुर थापाले जानकारी गराए । साविक भीमापोखरा गाविस–५ का पूर्व वडा अध्यक्ष समेत रहेका थापाले अमर प्राथमिक विद्यालय भवन निर्माणका लागि जग्गा दिएका थिए ।

स्थानीय विकासमा उनको भुमिका रहेको थियो ।  सहकारीका सल्लाहकार डिलबहादुर कार्कीले स्वर्गीय थापाको निधनले संस्था र समाजले एक असल अभिभावक गुमाएको भन्दै उनको सपना पुरा गर्न सवै लाग्नुपर्ने बताए । उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता सम्पादक रामबहादुर जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung