३० बैशाख २०८२, मंगलवार

 

मिस्टर एण्ड मिस बागलुङले स्कुटर पाउने

बागलुङमा पहिलो पटक आयोजना हुन लागेको मिस्टर एण्ड मिस बागलुङ २०१७ को बिहीबार पहिलो अडिसन सम्पन्न भएको छ । मञ्जरी ग्रुप, नयाँ जिवन पुर्नस्थापना केन्द्र र कालिका भगवती युवा क्लवको आयोजनामा हुन लागेको प्रतियोगितामा ३३ जना युवायुवती छनोट भएका छन ।

बागलुङको होटल पिस प्यालेसमा भएको अडिसनमा नयाँ जिवन पुर्नस्थापना केन्द्रका अध्यक्ष सञ्जय खड्का, अधिवक्ता राम शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, मिस्टर चितवन २०१७ पवन श्रेष्ठ र सौन्र्दयकर्मी पार्वती अधिकारी निर्णायक मण्डलमा थिए ।
बागलुङका युवा युवतीलाइ लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा १६ देखि २४ उमेर समूहका युवाले सहभागिता जनाउन पाउने छन् साथै एसइई परीक्षा उत्र्तीण र स्वस्थ युवाले अझै पनि आवेदन दिन सक्ने मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेले बताए ।

प्रतियोगितामा उपाधि जित्नेले स्कुटर ,फस्ट रनरअप हुनेले नगद ५० हजार रुपैयाँ र सेकेण्ड रनरअप हुनेले स्र्माट फोन जित्ने आयोजकले जनाएको छ ।

अडिसन राउण्डमा कालिका भगवती युवा क्लवका अध्यक्ष सुरज खड्काले सम्पुर्ण अतिथि तथा निर्णायकलाई खादा लगाएर स्वागत गरे ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung