पहिरोका कारण जोखिममा परेको घर जोगाउन गलकोट नगरपालिकाले सहयोग सामग्री प्रदान गरेको छ । घर अघिको पर्खाल, पिँडी र आगन समेत भत्कीएपछि गलकोट नगरपालिका–७ का राज थापाको घर पहिरोको उच्च जोखिममा रहेको छ ।
घरसँगै जोडिएको जनहित माविको भवनमा समेत पहिरोको जोखिम बढेको छ । घरको पिँडीदेखि पहिरो झण्डै २० मिटर तल झरेको छ ।
पहिरोबाट प्रभावित थापाका परिवारलाई सहयोग सामग्री प्रदान गरिएको हो ।
थप क्षेती हुन नदिन र पहिरो मर्मतको लागि नगरपालिकाले ७ थान ग्याविन भने जाली र दुई थान पाल प्रदान गरेका छ । नगरप्रमुख भरत शर्माले विपतको जोखिम न्युनिकारण गर्न थेरै भएपनि सहयोग पुगोस भनेर सामग्री प्रदान गरिएको बताए ।

नगरप्रमुख शर्मा, नगरपालिकाको सामाजिक विकास समितिका संयोजक हेमन्त भण्डारी, विपत् व्यवस्थापन समितिका संयोजक विरजंग भण्डारी, नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदी, रेडक्रसकर्मी चन्द्रदत्त रेग्मी सहितको टोलीले घटना स्थलको अवलोकन गरी सहयोग प्रदान गरेको हो ।
सहयोग सामग्री गलकोट नगरपालिका–७ का वडा अध्यक्ष टिकाबहादुर थापा र राजबहादुर थापाका दाजु ज्ञानबहादुर थापालाई हस्तान्त्रण गरिएको थियो ।







































































































































































































