२९ बैशाख २०८२, सोमबार

 

पश्चिम बागलुङमा पहिरो, एक १ को मृत्यु एकै परिवारका ४ सहित ५ वेपत्ता

बागलुङमा पहिरोले १ जनाको ज्यान गएको छ भने एकै घरका चार सहित ५ जना वेपत्ता भएका छन् ।

हिजोदेखि लगातार परेको बर्षले पश्चिम बागलुङका विभिन्न ठाउँमा घटनाभएको हो ।
घरमाथिबाट खसेको पहिरोमा परि ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको ज्यान गएको छ । उनका श्रीमति र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, निसीखोला गाउँपालिका–२ मा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता छन् । ६८ वर्षीय मणीमान छन्त्याल, उहाँकी श्रीमति नन्दकली छन्त्याल, बुहारी बिन्दु छन्त्याल र छोरी गीता छन्त्याल बेपत्ता रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए । उनका अनुसार निसीखोलाकै वडा नम्बर–१ हुल्दीमा पहिरोमा पुरिएर एक महिला पहिरोमा बेपत्ता छिन् ।

लालबहादुर सिँजालीको अन्दाजी ६५ वर्षीया आमा बेपत्ता भएको जनाइएको छ । भिषण वर्षापछि गएराति गएको पहिरोले घर पुरिँदा मानिसहरु बेपत्ता भएका हुन् । ‘जिल्लाको पश्चिम भेगको थुप्रै ठाउँमा पहिरो गएको छ’ उपरीक्षक खापुङले भने, ‘घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ ।’ कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दा समेत उद्धारमा खटिएका छन् । लगातारको बर्षाले खोलामा स्थानीय खोलाहरुमा बाढि अएको छ । स्थानीय जनजीवन प्रभावित भएको निसीखोला–२ का वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung