८ कार्तिक २०८३, शनिबार

 

पश्चिम पहिरो थप २ को शव निकालियो, उद्धार कार्य चल्दै

पश्चिम बागलुङमा गएको भिषण पहिरोमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा पहिरोमा पुरिएका २ जनाको शव प्रहरी र स्थानीयले शव निकालेका छन् ।

घरमाथिबाट खसेको पहिरोमा परिएका ६३ वर्षीया नन्दकली छन्त्याल र उनीकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको शव निकालिएको प्रहरीले जनाएको छ । छन्त्यालका श्रीमान् ६८ वर्षीय मणीमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल पहिरोमा बेपत्ता छन् ।
पहिरोमा घरसँगै पुरिएका नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको ज्यान गएको छ । उनका श्रीमति र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए ।
प्रहरीका अनुसार निसीखोला गाउँपालिका–१ हुल्दीमा पनि एक महिला पहिरोमा बेपत्ता छन् । लालबहादुर सिँजालीकी अन्दाजी ६५ वर्षीया आमा (नाम खुल्न नसकेको) बेपत्ता भएको प्रहरीले जनाइएको छ ।

भिषण वर्षापछि गएराति ठाउँ–ठाउँमा गएको पहिराले धनजनको क्षति पु¥याएको हो । ‘जिल्लाको पश्चिम भेगको थुप्रै ठाउँमा पहिरो गएको छ’ उपरीक्षक खापुङले भने, ‘घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ ।’ कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दा समेत उद्धारमा खटिएको जनाइएको छ ।

गत वर्ष पनि जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिराले ठूलो क्षति पु¥याएको थियो । घटनास्थलमा उद्धार र राहातलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरीहरु खटाइएको जनाइएको छ । अन्य सामाजिक संघसंस्थाहरु पनि राहातको लागि जाने तयारीमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung