८ कार्तिक २०८३, शनिबार

 

बाढीले कुलो बगेपछि हजार घरधुरी अँध्यारोमा

निसीखोला गाउँपालि वडा नं. ४ रहेको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएका छन् ।
बिहिबारदेखि परेको अविरल वर्षको कारण खोलाको बाहव बढपछि कुलाको मुहान बगाइदिएको म्यानेजर राम प्रसाद चालिसेले जानकारी दिए ।
बिद्युत अवरोद्ध हुँदा स्थानीय एक दर्जन भन्दा बढी फर्निचर, ग्रील उद्योग र घरेलु उद्यम सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung