८ कार्तिक २०८३, शनिबार

 

सहकारी ऐनपछि मात्र बचत ऋण सहकारी ऐन–महासचिव ढकाल

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारी ऐन बनाउनु अघि सहकारी ऐन आउनुपर्ने बताएका छन् । उनले पहिले सहकारी ऐन आउन सकेमा मात्र बचत तथा ऋण सहकारी संस्था सञ्चालनका लागि छुट्टै ऐनको विषय उठान गर्न सान्दार्भिक हुने बताएका हुन्।

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको छैठौं वार्षिक साधारण सभाको उद्घाटन पछि बोल्दै संसदमा टेबुल भएको सहकारी ऐन क्रेडिट युनियन ऐनलाई स्वागत गर्ने गरी आउने विचार व्यक्त गरे ।

लामो समयसम्म अलमल पश्चात संसदमा टेबुल भएको सहकारी ऐनका विशेष विषयहरु जानकारी गराउदै ढकालले अभियानको तर्फवाट जे जती सुझावहरु ऐनमा दिनुपर्ने थियो त्यसमा अधिकतम् प्रयास र सहमति गरी सुझाव दिईएको बताए ।

 

सबैभन्दा वढि शंसोधन प्रस्ताव परेको सहकारी ऐनले छलफल र बहसको एउटा लामो अध्याय पार गरेर प्रक्रियामा गईसकेकाले ऐन सहकारी मैत्री नै आउनेमा विश्वस्त हुन ढकालले सबैलाई आग्रह गरेका थिए ।

ढकालले संघको सफलता प्रारम्भीक संस्थाहरुले संरक्षकत्वको आत्मानुभुती गरेमा मात्र हुने भन्दै जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङले संघको आत्मनिर्भरता र अभियानलाई सार्थर्कता दिने कार्यमा सफल रहेको धारण व्यक्त गरे ।

कार्यक्रममा बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, जिल्ला सहकारी महिला समन्वय समितिका अध्यक्ष लिला खड्का लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभाकै अवसरमा जिल्ला बचत संघको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा साकोस एकीकरण गोष्ठि समेत सम्पन्न गरिएको छ । गोष्ठिमा सहकारी एकीकरणको अवधारण, सहकारी एकिकरणको व्यवस्था, फाईदाहरु, एकीकरणको अवश्यकता, चुनौती लगायत बारे संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहजिकरण गरेका थिए ।

साधारण सभामा संघका सचिव ऋषिराम गौतमबाट प्रस्तुत आर्थिक वर्ष ०७३।०७४ को प्रगती प्रतिवेदन र आ.व. ०७४।०७५ को प्रस्तावित नीति तथा कार्यक्रम, संघका कोषाध्यक्ष प्रमिला राजभण्डारीबाट प्रस्तुत आ.व. ०७३।०७४ को आय व्यय, लेखा परीक्षण प्रतिवेदन र आ.व. ०७४।०७५ को प्रस्तावित अनुमानीत आय व्यय विवरण र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझिद्धारा प्रस्ता लेखा समितिको प्रतिवेदन सर्वसम्मतीवाट पारीत भएको छ ।

जिल्लाका ५९ वटा संस्थाका प्रतिनीधिहरुको उपस्थित रहेको साधारण सभाको अध्यक्षता संघका अध्यक्ष पौडेल स्वागत उपाध्यक्ष गणेश खत्री र सञ्चालन सचिव गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung